बैतडीको पाटन १ मा एक टोलबाट अर्काे टोल जान रोक 

बैतडी–बैशाख २४/ बैतडीको पाटन नगरपालिका १ मा एक टोलबाट अर्काे टोल जान रोक लगाइएको छ । कोरोनाका कारण एक जनाको मृत्यु भएपछि वडाले संक्रमण फैलिने भन्दै नागरिकहरुलाई एक टोलबाट अर्काे टोल जान रोक लगाएको हो । यहि वैशाख २१ गते पाटन नगरपालिका वडा नम्बर १ का ४४ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको थियो । संक्रमण नफैलियोस भनेर वडाभित्रकै टोलहरुमा आवतजावत बन्द गरेको वडा अध्यक्ष गणेश दत्त भट्टराइले जानकारी दिनुभयो ।

मृतकको सम्र्पकमा रहेका नागरिकहरुमा समेत संक्रमण पुष्टि भएकाले एक हप्ता सम्म एक टोलबाट अर्काे टोल जान रोक लागाइएको उहाँले बताउनुभयो । शुक्रबार देखि स्वास्थ्य सेवा बाहेक सम्पूर्ण सेवा बन्दगरेको भन्दै वडाअध्य भट्टराइले पसलको हकमा बिहान ८ बजे र बेलुकि ५ बजे एक÷एक घण्टा खोलन पाइने निर्णय गरिएको बताउनुभयो । पछिल्लो समय कोरोना भाइरसको नयाँ प्रजाती भेरियन्टका कारण नागरिकरुले आकलमै ज्यान गुमाइरहेकाले यो माहामारिबाट जोगिन र जोगाउन एक टोलबाट अर्काे टोल जान रोक लगाइएको उहाँँको भनाई छ ।

शुक्रबार डडेल्धुरामा रहेको पिसिआर ल्याबमा गरिएको परीक्षणमा पाटन नगरपालिका वडा नम्बर १ का थप १५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमणको अबस्था भयावह बन्ने भन्दै विदेश वा अन्य संक्रमण फैलिएको ठाउँबाट आएका नागरिकहरुलाई क्वारेन्टिनमा बस्न, बिवाह बर्तबन्दहरुमा अनावश्यक भिडभाड नगर्न वडाले आग्रह गरेको छ । यदि कसैले वडाले गरेको निर्णय उल्लघन गरेमा कानुन बमोजिम कार्वाही गरिने जनाएको छ । यस्तै वडाले कोरोनाको दोस्रो लहर तीव्र बढीरहेकाले सबै वडाबासीलाई स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर सुरक्षीत बस्न आग्रह गरेको छ । बैतडीमा वैशाख २० गते देखि निषेधाज्ञा जारी छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.