पाटन नगरपालिकाका ३५ सहित बैतडीका ७७ जनामा कोरोना पुष्टि
बैतडी–बैशाख २४ / शुक्रबार पाटन नगरपालिकाका ३५ सहित बैतडीका थप ७७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । दोस्रो लहरको संक्रमण शुरु भए पछि पहिलो चोटी ठुलो संख्यामा संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय बैतडीका अनुसार जिल्ला अस्पताल बैतडीको ल्याबमा गरिएको पिसिआर परीक्षणमा ३३ जना र एन्टीजेन बिधिबाट गरिएको परीक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पिसिआर बिधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि हुनेमा सबै जना दशरथचन्द नगरपालिकाका रहेका बताईएको छ । ३३ जनामध्ये १७ जना महिला र १६ जना पुरुष रहेका छन । एन्टीजेन बिधिबाट गरिएको परीक्षणमा सुर्नया गाउँपालिका वडा नम्बर ५ का २ जना पुरुष, पुर्चौडी नगरपालिका ६ का ३ जना पुरुष, पाटन नगरपालिका ५ का एक पुरुष, मेलौली नगरपालिका २ सलेनाका एक पुरुष र दशरथचन्द नगरपालिका ६ का २ जना पुरुष रहेका छन ।
यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा पाटन नगरपालिकाका ५२ जनाको पिसिआर परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको पाटन नगरपालिकाका स्वास्थ्य संयोजक मदन सिह महराले जानकारी दिनुभएको छ । यो संगै बैतडीमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४ सय ३६ पुगेको भने शुक्रबार थप ५ जनाले कोरोना जितेका छन । अहिलेसम्म बैतडीमा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भईसकेको छ ।