बैतडीका थप ६४ जनामा कोरोना पुष्टि
बैतडी -वैशाख २३-
बैतडीका थप ६४ जनामा कोरोना पुष्टि भएको छ । एन्टीजेन र पिसीआरबाट परीक्षण गर्दा थप ६४ जनामा कोरोना पुष्टि भएको हो । बिहीवार गरिएको परीक्षणमा जिल्लाका थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार एन्टीजेन विधिबाट परीक्षण गर्दा पुर्चौडी नगरपालिका वडा नं ५ का ५ जना पुरुष र दोगाडाकेदार गाउँपालिकाका २२ वर्षिय पुरुष सहित ६ जनामा संक्रमण देखिएको हो । यस्तै पिसीआर विधिबाट परीक्षण गर्दा दशरथचन्द नगरपालिकाका ३७ जना, मैलौलीका १४ जना , पाटन नगरपालिकाका ३ जना र शिवनाथ गाउँपालिकाका ४ जना गरेर ५८ जनामा कोरोना पुष्टि भएको हो । बिहीवार थपिएका ६४ जना संगै सक्रिय संक्रमितको सङख्या बैतडीमा ३ सय ६४ पुगेको छ । कोरोना भाईरसको महामारी फैलिए यता जिल्लामा १ ह्जार ४१ जनामा संक्रमण पुष्टि भएकोमा ती मध्ये ६ सय ७२ जना कोरोना संक्रमणमुक्त भइसकेका छन् । बैतडीमा अहिले सम्म कोरोनाका कारण ५ जनाको मृत्यु भइसकेको छ ।