डिलाशैनीको दुर्गम ने गाउँमा सकड पुग्दा स्थानीय खुसी

आशिष माल वैशाख २३ – बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ६ ने गाँउमा सकड पुगेपछि सथनीय खुसी भएका छन् । सडक सञ्जाल सँग जोडिएको नेगाउँमा बिहीबार पहिलो पटक डोजर पुगेपछि स्थानीयबासीले खुसी मनाएका हुन् ।

सडक सञ्जाल जोडिएसँगै नेगाँउबासीहरुलाई सहज हुने भएको छ । डिलाशैनि गाउँपालिका वडा नम्बर ६ नेगाउ गाउँबाट करिब २घण्टा पैदल हिँडेर खाद्यान्न ल्याउनु पर्ने बाध्यता अब हट्ने अपेक्षा गरिएको छ । सडक पुगेकाले अब दैनिक उपभोग्यवस्तु ढुवानी गर्न सहज हुने नेगाउँका स्थानी नर बहादुर माल बताउनुभयो ।

गोकुलेश्वर बजार डडियाबाट डिलाशैनी गाउँपालिका वडा नम्बर ७ धामीगाउँ सम्म सडकको ट्रर्याक विगत ७–८ वर्ष पहिला नै खोलिएको थियो । विगत लामो समय देखी पिठ्युमा भारी बोकेर गोकुलेश्वर बजार बाट करिब २ घण्टाको पैदल हिँडेर गाउँमा पुगिन्थ्यो अब उपरान्त आफुहरुलाई सहज हुने स्थानीय मालको भनाई छ ।

डिलाशैनी गाउँपालिकाको १५ लाखको सहयोगमा उपभोक्ता समितिद्वारा सडक निर्माण भैइरहेको सडक अहिले निङ्गलासैनी भगवती मन्दीरबाट करिब ३ किलोमीटर सम्म कटिङ भइरहेको उपभोक्त समिति  अध्यक्ष धनसिँह मालले जानकारी दिनुभयो । प्रदेश, संघ र गाउँपालिकाले बजेट व्यवस्था गरे सडक अगाडी बढ्ने अध्यक्ष मालको भनाइ छ । बिस्तारभएको सडकले १ सय ५० देखि २ सय परिवारलाई सेवा पुग्ने बताइएको छ । संघ, प्रदेश र स्थानीय सरकारले सो सडक खण्डको स्तरवृद्धिको लागि अझै पहल गर्नुे पर्ने स्थानीयहरुको माग छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.