बैतडीमा कोरोना सक्रिय संक्रमित शुन्य
जनक साउद,भदौ २९ / बैतडीका दश ओटै स्थानिय तहमा कोरोना सक्रिय संक्रमीतको संख्या शुन्य रहेको छ । सोमबार पाटन नगरपालिकाको क्वारेन्टीनमा रहेका १ जना संक्रिय संक्रमीत डिस्चार्ज भएसंगै बैतडीका दश ओटै स्थानिय तहमा सक्रिय संक्रमीतको संख्या शुन्य भएको हो । जिल्लामा अहिलेसम्म ३ सय ७५ जनामा कोरोना भाईरसको संक्रमण पृष्टि भएकोमा सबैले कोरोना जितेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
सबैभन्दा बढी पञ्चेश्वर गाउपालिकामा ६० जना, शिबनाथ गाउपालिकामा ५० जना, डिलाशैनी गाउपालिकामा ८ जना, दोगडाकेदार गाउपािलकामा ४५ जना, सुर्नया गाउपालिकामा २८ जना, पुर्चौडी नगरपालिकामा १० जना, दशरथचन्द नगरपालिकामा ४४ जना र मेलौली नगरपालिकामा ३३ जनामा संक्रमण पुष्टि भएकोमा सबैले कोरोना जितिसकेका छन ।
यस्तै सिगास गाउपालिकामा ५१ जना र पाटन नगरपालिकामा ४४ जनामा कोरोना पुष्टि भएकोमा सबै जना डिस्चार्ज भईसकेको स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्र्पक ब्यक्ति भुवन प्रसाद जोशीले जानकारी दिनुभयो । यस्तै स्वाब संकलन गरी परीक्षणका लागी पठाईएका ३२ जनाको रिर्पोट आउन बाकी रहेको उहाले जानकारी दिनुभएको छ ।