बैतडीको सुर्नयामा अक्सिजन सहितको ३२ बेडको आइसोलेसन
डीआर भट्ट, वैशाख २३-
बैतडीको सुर्नया गाउँपालिकामा अक्सिजन सहितको आइसोलेसन निर्माण गरिएको छ । नयाँ थपिने कोरोना संक्रमतिहरुका लागि गाउँपालिकाले ३२ बेडको आइसोलेसन निर्माण गरेको सुर्नया गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिँह महराले जानकारी दिनुभयो ।
गाउँपालिकाको वडा नं ३ स्थित बाशुलिङ्ग स्वास्थ्य चौकीमा अहिले तत्काल अक्सिजन सहितको २७ बेडको आइसोलेसन निर्माण गरिएको उहाँले बताउनुभयो । अहिले २७ बेडको आइसोलेसन निर्माण गरिएको भन्दै उहाँले अवस्था र परिस्थीती हेरेर थपिदै जाने बताउनुभयो । सुर्नया गाउँपालिकाको सहयोगमा आइसोलेसन निर्माण गरिएको स्वास्थ्य संयोजक महराको भनाई छ । सुर्नया गाउँपालिकाले बाशुलिङ्ग स्वास्थ्य चौकीमै सञ्चालनमा रहेको अस्थायी कोरोना अस्पतालमा अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको हाे ।
नयाँ थपिएका सबै कोरोना संक्रमितहरुलाई सोही आइसोलेसनमा राखिने जनाईएको छ । कोरोनाका बिरामीहरुको उपचारका लागि सहज होस भनेर अक्सिजन सहितको आइसोलेसन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । आइसोलेसनमा अहिले एकजना संक्रमित रहेका बाशुलिङ्ग स्वास्थ्य चौकीका इन्चार्ज दलबहादुर विष्टले बताउनुभयो ।स्वास्थ्य कार्यालयले बुधबार दिएको जानकारी अनुसार सुर्नया गाउँपालिकाका अहिले १० जना कोरोनाका सक्रिया संक्रमित छन् । जिल्लाको दोगडाकेदार गाउँपालिकालेपनि अक्सिजन सहितको आइसोलेसन निर्मााण् गरिसकेको छ । सुर्नया र दोगडाकेदार गाउँपालिकाले अक्सिजन सहितको अइसोलेसन निर्माण गरेका भएपनि अन्य पालिकाले अहिले सम्म गर्न सकेका छैन्न् ।