बुधबार बैतडीका थप ४८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि
बैतडी–बैशाख २२/ बुधबार बैतडीका थप ४८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार पिसिआर बिधिबाट गरिएको परीक्षणमा ४३ जना र एन्टीजेन बिधिबाट गरिएको परीक्षणमा ५ जनामा संक्रमण पुष्टि भएको हो । पिसिआर बिधिबाट गरिएको परीक्षणमा दशरथचन्द ननगरपालिकाका १८ जना, पञ्चेश्वर गाउँपालिकाका ४ जना, सुर्नया गाउँपालिकाका २ जना र पाटन नगरपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पाटन नगरपालिकाका ५ जना र शिवनाथ गाउँपालिकाका १४ जनामा पनी कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । एन्टीजेन बिधिबाट गरिएको परीक्षणमा कोरोना भाईरसको संक्रमण पुष्टि हुनेमा पुर्चौडी नगरपालिका वडा नम्बर १० का २० र २२ बर्षिय गरी २ जना पुरुष, वडा नम्बर २ का २४ बर्षिय १ जना पुरुष, वडा नम्बर २ का ३५ बर्षिय १ जना पुरुष र पञ्चेश्वर गाउँपालिका वडा नम्बर ५ का २३ बर्षिय एक जना पुरुष रहेका छन । यो संगै बैतडीमा कोरोना भाईरसका सक्रिय संक्रमितको संख्या ३ सय १३ पुगेको छ । जिल्लामा कोरोना भाईरसको संक्रमणका कारण अहिलेसम्म ५ जनाको मृत्यु भईसकेको छ ।