बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसमा १ सय बेडको आइसोलेसन बन्दै

बैतडी वैशाख २२
बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसमा १ सय बेडको आइसोलेसन निर्माण भइरहेको छ । झुलाघाट नाकामा कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएकालाई राख्न जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानीमा १सय बेडको आइसोलेसन निर्माण भइरहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक एवँ प्रमुख जिल्लाअधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।  कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएका सबैलाई सोहि आइसोलेसन सेन्टरमा राखिने उहाँले बताउनुभयो । ५० बेडको आइसोलेसन तयार भइसकेको जनाउदै प्रमुख जिल्ला अधिकारी पाण्डेले १ सय बेड सम्म आइसोलेसन निर्माण गरिने बताउनुभयो । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा स्वास्थ्य कार्यालय बैतडीले सञ्चालन गर्ने गरि आइसोलेसन निर्माण  भइरहेको  स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले बताउनुभयो ।अहिले ५० शैयाको आइसोलेसन निर्माण भइसकेको र विस्तार थपिदै जाने उहाँले बताउनुभयो

सम्बन्धित

Leave A Reply

Your email address will not be published.