बैतडीमा कोरोनाबाट थप  एक जनाको मृत्यु

 बैतडी बैशाख २२ / बैतडीमा कोरोना भाइरस संक्रमणबाट थप  एक जनाको मृत्यु भएको छ।जिल्लाको पाटन नगरपालिका वडा नम्बर  १ का ४४ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल बैतडीले जनाएको छ। स्वास्थ्यमा समस्या देखिए १८ गते  परीक्षण  गर्दा उनलाई कोरोना पुस्टि भएको थियो।पाटन नगरपालिकाका स्वास्थ्य  संयोजक मदन सिँह महराका अनुसार  डडेल्धुरा अस्पतालमा अन्य रोगको  उपचार  गराइरहेका उनी स्वास्थ्यमा केहि सुधार  आएपछि घर आएका र घरमा आउदा स्वास्थ्यमा थप समस्या देखिएपछि गरिएको  परीक्षणमा कोरोना पुष्टि भएको हो ।    होम आशोलेसनमा बसेका उनलाई जटील समस्या देखिएपछि  मंगलबार उपचारका लागि जिल्ला अस्पताल  लगिएको थियो । जिल्ला अस्पतालमा उपचारकै  क्रममा  मंगलबार राति  उनको  मृत्यु भएको स्वास्थ्य संयोजक महराले  बताउनुभयो । कोरोनाको दोस्रो लहर फैलिएयता बैतडीमा कोरोनाबाट दुइ  जनाको मृत्यु भइसकेको  छ । यसअघि कोरोनाकै  कारण दशरथचन्द नगरपालिका वडा नं  ९का ३३ वर्षिय  पुरुषको  मृत्यु भएको  थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.