बैतडी जिप दुर्घटनाः मृतकको सङख्या ६ पुग्यो
बैतडी -वैशाख २१/ बैतडी जिप दुर्घटनामा परि ज्यान गुमाउनेको सङख्या ६ पुगेको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिकाका जिप चालक तेजबहादुर बोहरा, पञ्चेश्वर गाउँपालिका वडा नं ६ का दिपक सिँह भण्डारी, जितसिँह भण्डारी, हिक्मतसिँह भण्डारी, डम्बरसिँह भण्डारी र खेमसिहँ भण्डारी रहेका छन् । जिप चालक तेजबहादुर बोहरा र खेमसिँह भण्डारीको अस्पताल ल्याउदै गर्दा मृत्यु भएको हो भने ४ जनाको घट्नास्थमै ज्यान गएको हो । घट्नास्थलमै ४ जना र अस्पताल ल्याउदै गर्दा दुइ जनाको मृत्यु भएको वडा नं ६ का वडा अध्यक्ष रामसिहँ पुजाराले बताउनुभयो । अन्य घाईते मोहनसिंह भण्डारी, दिलिप सिंह भण्डारी, मदन सिंह भण्डारी, हरिसिंह भण्डारी रहेका छन् । घाइतेहरुलाई अस्पताल ल्याइदै छ । मंगलबार दिउँसो से १ ज १८३ नं को जिप पञ्चेश्वर गाउपालिकाकै वडा नं ६ को गणमेश्वर मोडमा दुर्घटनामा परेको थियो । सोमबार राती चट्याङ लागेर मृत्यु भएका वडा नं ६ का वडा सदस्य गोबिन्द सिह भण्डारीको शब लिएर पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउदै गर्दा जिप दुर्घटनामा परेको हो ।