बैतडी जिप दुर्घटना अपडेटः चालक सहित ५ जनाको मृत्यु
बैतडी -बैशाख २१
बैतडीमा जिप दुर्घटना हुँदा ४ जनाको ज्यानगएको छ । पोष्टमार्टमा लागि शब लिएर जिल्ला अस्पताल बैतडी आउदै गरेको जिप जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं ६ को गणमेश्वरमा दुर्घटना हुँदा चालक सहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता दर्शन खडकाले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका वडा नं ६ का ५० बर्षीय जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको रहेका छन् । ४ जनाकाे घट्नास्थलमै मृत्यु भएकाे भने चालकको अस्पताल ल्याउदै गर्दा मृत्युभएकाे हाे । चालककाे पहिचान खुल्न बाँकि छ । बाँकी ५ जना घाइते भएका छन । घाइते ५ जनालाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको प्रहरी निरीक्षक खडकाले बताउनुभयो । से १ ज १८३ नं को जिप मंगलबार दिउसो दुर्घटनामा परेको हो । सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नं ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा जिप दुर्घटनामा परेको हो । जिप सडकबाट करीब ५सय मिटर तल खसेको बताइएको छ ।