बैतडीमा जिप दुर्घटना 

बैतडी  वैशाख २१

बैतडीमा जिप दुर्घटना भएको  छ । पोष्टमार्टमका लागि  शब लिएर जिल्ला अस्पताल बैतडी  आउदै  गरेको जिप जिल्लाको  पञ्चेश्वर  गाउँपालिका  वडा नं ६ को  गणमेश्वर मोडमा दुर्घटनामा परेको  हो  ।  से १ ज १८३ नं को  जिप मंगलबार  दिउसो दुर्घटनामा परेको जिल्ला प्रहरी  कार्यालय  बैतडीका प्रहरी  प्रवक्ता दर्शन खडकाले जानकारी दिनुभयो ।  जिप  दुर्घटना हुँदा  ६ जना घाइते भएका छन् ।  जिपमा १०  जना सवार रहेकोमा  ४ जनाको  उद्धार  भइरहेको  र बाँकि  घाइते  उपचारका लागि जिल्ला अस्पताल पठाइएको   उहाँँले  बताउनुुभयो   ।    बिस्तृत जानकारी  आउन बाँकी छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.