बैतडी : जयपुर आधारभुत विद्यालयका प्रअ साउद बिद्यार्थीको घरदैलो धाउदै

जनक साउद–बैतडी–बैशाख २१/ बैतडीको पाटन नगरपालिका वडा नम्बर ७ उपल्ला बाटुला स्थित जयपुर आधारभुत विद्यालयले विद्यार्थीहरुको सिकाईलाई निरन्तरता दिन नौलो अभियानको शुरुवात गरेको छ । कोरोना भाईरस कोभिड १९ को दोस्रो लहरका कारण बिद्यालयहरु बन्द भए पछि बिद्यार्थीहरुको सिकाईलाई निरन्तरता दिन उक्त बिद्यालयले बिद्यार्थीहरुको घरमै प्रश्न पत्र दिएर दैनिक परीक्षा लिन थालेको हो । बार्षिक परीक्षाको तयारीमा रहेका बिद्यार्थीहरुले कोरोनाका कारण बिद्यालय बन्द हुँदा पढेको कुराहरु नर्बिसिउन भनेर यस्तो अभियान थालेको बिद्यालयका प्रधानाध्यापक राजेन्द्र सिँह साउदले बताउनुभयो । बिद्यालय सेवा क्षेत्र भित्रका टोलहरुमा बिभिन्न समुहहरु बनाएर प्रत्येक कक्षाका बिद्यार्थीको दैनिक तथा साप्ताहिक प्रश्नपत्र तयार पारी आफै बिद्यार्थीहरुको घर घरमा पुगेर प्रश्न पत्र बितरण गर्ने गरेको साउँदको भनाई छ ।

प्रत्येक बिषयको प्रश्न पत्र बितरण गर्ने गरेको र बिद्यार्थीहरुले हल गरेको उत्तरपुस्तिका संकलन गरी शिक्षकहरुले चेकजाँच गर्ने गरेको बिद्यालयले जानकारी दिएको छ । उक्त अभियानका लागी प्रधानाध्यापक साउद नियमित रुपमा बिद्यार्थीहरुको घरदैलो सम्म पुग्ने गरेका छन । “बार्षिक परीक्षाको नजिकै थियौ, कोरोेना महामारीका कारण परीक्षा स्थगित भए बिद्यार्थीहरुले पढेको कुरा नबिर्सिउ भनेर यस्तो अभियान थालेको हुँ । ” उनले भने “परीक्षा त कहिले हुन्छ, कहिले यस्तो कार्यले बिद्यार्थीहरुले सिकेको कुरालाई निरन्तरता दिन सक्छन” ।

पढाई सम्बन्धि कुनै जिज्ञासा भएमा आफुलाई मोबाईलमा मिस्कल मात्र गरे पनि साउदले फोन गर्दै बिद्यार्थी तथा अभिभावकको जिज्ञासा मेटाउने गरेका छन् । उनले सबै अभिभावनको फोन नम्बर समेत राखेका छन् । प्रधानाध्यापक साउदले चालेको उक्त अभियानमा अभिभावकहरुले पनी साथ सहयोग दिदै आएका छन् । उक्त बिद्यालयमा अध्ययनरत बिद्यार्थीका अभिभावकहरुले अहिले आफ्ना छोराछोरीको पढाई प्रति चासो ब्यक्त गर्ने गरेका छन् ।

अभिभावकहरुमा आजको प्रश्न पत्र बन्यो की बनेन भनेर प्रधानाध्यापक साउँदलाई दैनिक रुपमा फोनबाटै सोध्ने बानीको बिकास भईसकेको छ । अन्य ठाउँमा भने कोभिडका कारण बिद्यालयहरु बन्द भएर अहिले शिक्षक तथा बिद्यार्थीहरु घरमै बसि रहेका छन । जसका कारण बिद्यार्थीहरले शैक्षिक सत्रको अहिलेसम्म पढेका कुराहरु पनी बिर्सिदै जाने निश्चित जस्तै छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.