पाटन ७ किम्तोलीका केही टोलमा खानेपानीको समस्या

जनक साउद , भाद्र २० –बैतडी/ बैतडीको पाटन नगरपालिका ७ किम्तोलीमा खानेपानीको समस्या रहेको छ । उक्त वडाका मेल्लौ, रिठौला र रुपल्ली लगायतका ठाउँहरुमा पानीको समस्या रहेको स्थानियहरुले बताएकाछन् । गैर दलीत तथा दलित समुदायको बसोबास रहेका यी टोलहरुमा बरिखाको समयमा खानेपानीको समस्या नहुँने भए पनि हिउंदको समयमा सास्ती खेप्नु परीरहेको स्थानियहरुको भनाई छ । आफुहरुको लागी एउटा मात्रै धारा रहेको र बिहान आधा घण्टा जती मात्रै पानी आउने गरेको स्थानिय मान बहादुर बिकले जानकारी दिनुभएको छ । प्रत्येक बर्ष सुख्खायाममा पानीको समस्या हुँदै आएको भए पनि यो बर्ष खडेरी पर्दा झनै समस्या भएको उनको भनाई छ ।

खानेपानीको अभावमा खाना पकाउन, सरसफाई गर्न र गाईबस्तुहरुलाई खुवाउन निकै समस्या रहेको सोही टोलका अर्का स्थानियले बताए । गाउँ वरपर अन्य समुदायका धाराहरु भए पनि आफुहरुलाई निर्बाध रुपमा धाराहरुमा जान समस्या हुने गरेको उनले गुनासो गरे । यस्तै सोही क्षेत्रमा रहेको वडा कार्यालय र कैलपाल स्वास्थ्य चौकीमा पनी खानेपानीको समस्या रहेको छ ।

यता वडा अध्यक्ष ललीत बहादरु चन्दले भने १५ बर्ष अगाडी निर्माण भएको खानेपानी योजना जीर्ण बन्दै गएकोले केही टोलमा खानेपानीको समस्या भएको बताउनुभएको छ । टंकी तथा धाराहरु जीण बनेको र सडक बिस्तार गर्दा पाईपहरुमा पनी क्षति पुगेर बिभिन्न ठाउँमा पानी चुहावट हुने गरेको उहाँको भनाई छ । नगरपालिकाको बजेटले मात्रै राम्रोसंग योजना मर्मत गर्न सम्भव नहुने र अहिले योजनाको मर्मतको लागी खानेपानी भिडिजन कार्यालय बैतडी मार्फत सुदुरपश्चिम प्रदेश सरकारलाई सिफारिस गरेको बताउनुभयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.