बैतडीमा कोरोनाका सक्रिय संक्रमितको सङख्या दुई सय नाघ्यो

बैतडी बैशाख १९/बैतडीमा कोरोनाका सक्रिय संक्रमितको सङख्या दुई सय नाघेको छ ।  आइतबार थप ३२ जनामा कोरोना पुष्टि भएसंगै जिल्लामान कोरोनाका सक्रिय संक्रमितको सङख्या २ सय १३ पुगेको हो ।

आइतबार एन्टीजेन विधिबाट परीक्षण गर्दा दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकका ३८ बर्षीय, दोगडाकेदार गाउँपालिका ४ का २५ बर्षीय र दोगडाकेदार गाउँपालिका ५ का २१ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । यस्तै पिसिआर परीक्षण गर्दा दशरथचन्द नगरपालिकाका १९ र पाटन नगरपालिका १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । कोरोनाका सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा छन् ।

  स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार दनपामा १ सय २५ जना, पाटन नगरपालिकामा ३८, पुर्चौंडी नगरपालिकामा २२ र मेलौली नगरपालिकामा ८ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै जिल्लाको दोगडाकेदार गाउँपालिकामा १० जना कोरोनाका सक्रिया संक्रमित रहेका छन् । सुर्नया गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा ४÷४ र शिवनाथ र सिगास गाउँपालिकामा १÷१ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । ४ नगरपालिका र ६ गाउँपालिका गरि १० स्थानीयतह  रहेको बैतडीमा डिलाशैनी गाउँपालिका  बाँहेकका सबै स्थानीयतहमा कोरोनाका बिरामी फेला परिसकेका छन् । पछिल्लो समय बैतडीमा कोरोनाको संक्रमण तिब्रगतिमा बढि रहेको छ । 

No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.