बैतडीमा सोमबार देखि लकडाउन हुने, अत्यावश्यक बाँहेकका सबै सेवाहरु बन्द रहने

बैतडी-बैशाख १९-
बैतडीमा सोमबार देखि लकडाउन हुने भएको छ । आइतबार बसेको जिल्ला कोरोना ब्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैठकले सोमबार देखि जेठ २ गते सम्म लकडाउन गर्ने निर्णय गरेको हो । २० गते सोमबार बिहान ८ बजेदेखि जेठ २ गते राति १२ बजे सम्म लागु हुनेगरि लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जनाकारी दिनुभयो । लकडाउनको समयमा अत्यावश्यक बाँहेकका सबै सेवाहरु बन्द रहने बताइएको छ । खाद्यान्नका पसलहरु प्रत्येकदिन बिहान ७ बजे देखि १० बजे सम्म खुला रहने निर्णय भएको र अत्यावश्यक बाँहेकका सवारीसाधनहरु पूर्ण रुपमा बन्द रहने प्रमुख जिल्ला अधिकारी पाण्डेलेउहाँँले बताउनुभयो । सरकारी कार्यलयको हकमा पूर्ण बन्द नगरि अत्यावश्यक सेवा मात्र दिइने बताइएको छ । यस्तै स्थानीयतहमा भइरहेका विकास निर्माणका कार्यहरु नरोकिने प्रजिअ पाण्डेले बताउनुभयो । यस्तै बिवाह ब्रतबन्धको सन्दर्भमा पनि स्थानीय निकाय संग समन्वय गर्नुे उहाँको भनाई छ ।कोरोनाको संक्रमण दर बढ्दै गएपछि बैतडी लकडाउन गर्ने निर्णय भएको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.