कोरोना बिरुद्ध सचेतना जगाउन बैतडीमा प्रहरीको माइकिङ अभियान
बैतडी बैशाख १९
बैतडीमा प्रहरीले कोरो बिरुद्ध सचेतना जगाउन माइकिङ अभियान सञ्चालन गरेको छ । सामुदायिक प्रहरी सेवा केन्द्र गोठलापानी र जिल्ला प्रहरी कार्यालय बैतडीले सयुक्त रुपमा माइकिङ अभियान सञ्चालन गरेको हो । भिडभाड हुने स्थान , बजारक्षेत्रहरुमा कोरोना बिरुद्ध सचेतना जगाउन माइकिङ भइरहको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक किशोर सिहँ एरिले जानकारी दिनुभयो । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गारौँ, घरमै बसौँ भन्दै माइकिङ गरिरहेका र साथै बजारका पसलहरुमा पनि सुरक्षाका उपायहरु लेखिएका पर्चा पम्पलेट टास्ने काम गरिरहेका उहाँले बताउनुभयो । कोरोनाको नायाँ प्रकार भेरियन्टबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गारौँ, आफु बचौँ र अरुलाई पनि बचाऔँ भन्दै प्रहरीले सचेतना जगाउनथालेको हो । दोस्रो लहरको कोरोना तिब्ररुपले फैलिनथालेकाले आम जिल्लाबासीहरुलाई माइकिङ गरेर सचेत गाराइन थालिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । विगत चार पाँच दिन देखि प्रहरीले निरन्तर सदरमुकामबाट देहिमाँडौ, गुरुखोला, मुस्याचोर, सतबाँझ सम्म गएर माइकिङ मार्फत कोरोना सम्बन्धी जानकारी गरिरहेको छ । यसका साथै तापाँइको मास्क खै भन्दै बिनामास्क हिँडडुल गर्ने नागरिकरुलाई मास्क समेत वितरण गरिरहेको िजल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।