बैतडीमा कोरोना संक्रमण पुष्टि भएका युवकको धनगढीमा मृत्यु
बैतडी–बैशाख १८/ जिल्ला अस्पताल बैतडीको पिसिआर ल्याबमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएका एक पुरुषको सेती प्रादेशिक अस्पताल धनगढीमा मुत्यु भएको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार मृत्यु हुनेमा कञ्चनपुरको भिमदत्त नगरपालिका १८ घर भई बैतडीको ग्वाल्लेक निर्माण सेवामा कार्यरत ३२ बर्षिय युवा रहेका छन् । उनी स्वास्थ्यमा समस्या देखिए पछि उपचारका लागी बैशाख ४ गते जिल्ला अस्पताल बैतडी पुगेका थिए । स्वास्थ्य अवस्था जटिल बन्दै गए पछि सोही दिन राति उनलाई धनगढी रेफर गरिएको थियो । ४ गते कोरोना परीक्षणका लागी स्वाब दिएका उनीमा ६ गते मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । सेती प्रादेशिक अस्पतालमा उपचारारत उनको शनिबार मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ।