बैतडीका थप ३१ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित १ सय ८७ जना
बैतडी–बैशाख १८/ शनिबार बैतडीका थप ३१ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा २९ जना र एन्टीजेन बिधिबाट गरिएको परिक्षणमा २ जना गरी ३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । पिसिआर बिधिबाट गरिएको परीक्षण दशरथचन्द नगरपालिकाका २४ जना, मेलौली नगरपालिकाका २ जना, सुर्नया गाउँपालिकाका ३ जना, पाटन नगरपालिकाका १ जना र दोगडाकेदार गाउँपालिकाका १ जना रहेका छन । यस्तै एन्टीजेन बिधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि हुनेमा दशरथचन्द नगरपालिका १ गुरुखोला पालीका २९ र ४३ बर्षिय पुरुष रहेका छन । योसंगै बैतडीमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ८७ पुगेको छ । बैतडीमा कोरोनाबाट अहिलेसम्म ४ जनाको मृत्यु भईसकेको छ ।