दनपा ९ ग्वाल्लेकका १४ जनामा कोरोना पुष्टि

बैतडी–बैशाख १८/ कोरोनाबाट मृत्यु भएका बैतडीका एक पुरुषको सम्र्पकमा रहेका १४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । झुलाघाट नाका भएर भारताबाट आएका दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकका ३३ बर्षीय पुरुषको कोरोना कारण वैशाख १४ गते डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । मृतकको सम्पर्कमा रहेका १७ जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । संक्रमण पुष्टि भएकाहरु होम आइसोलेसनमा रहेका छन् । बैशाख ११ गते राति सास फेर्न असहज भयो भनेर १२ गते अस्पताल आएका उनिमा चेकजाँच गर्दा कोरोना पुष्टि भएको थियो । दिउँसो गरिएको चेकजाँचमा कोरोना पुष्टि भएपश्चात उनमा जटिल समस्या देखिएपछि सोहि दिन साँझ डडेल्धुरा रेफर गरिएकोमा उपचारको क्रममा उनको १४ गते मंगलबार राति मृत्यु भएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.