बैतडीः सिद्धेश्वर मावि हुक्केडाँडामा वार्षिक परीक्षा सम्पन्न

बैतडी बैशाख १८ गते
बैतडीको एक विद्यालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर वार्षिक परीक्षा सम्पन्न गरेको छ । जिल्लाको पाटन नगरपालिका वडा नं. ९ सिद्धेश्वर हुक्केडाँडामा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७७ को वार्षिक शनिबार परीक्षा सम्पन्न गरेको हो ।

पाटन नगरपालिकाले यसै साता देखी विद्यालयहरु भौतिक रुपमा पठन पाठन बन्द गरेको भएतापनि सिद्धेश्वर माविले भने वार्षिक परीक्षा सम्पन्न गरेको छ । बैशाख १५ गते देखी दैनिक दुई÷दुई बिषयको गरेर शिशु कक्षा देखी कक्षा ९ सम्मको शनिबार वार्षिक परीक्षा सम्पन्न गरेको विद्यालयका प्रधानाध्यापक बहादुर सिंह महराले बताउन भएको छ ।

पाटन नगरपालिका अन्तरगत रहेका अन्य विद्यालयहरु बन्दरहेको अवस्थामा किन विद्यालयले परीक्षा संचालन गरेकोे भन्ने प्रश्नमा “कोभिड १९ का कारण गत वर्ष देखी विद्यालयहरुको भौतिक उपस्थितीमा पठन पाठन बन्द रहेको समयमा पनि यस विद्यालयले २०७७ सालको अषाढ ७ गते देखी टोल शिक्षा मार्फत कक्षाहरु संचालन गरेको र बैकल्पिक सिकाईका विधीहरु मार्फत विद्यार्थीहरु लाई पठन पाठन गराएकोे हुँदा विद्यार्थीहरुलाई मानसिक असर नपरोस भन्ने हेतुले स्वास्थ्य मापदण्ड र भौतिक दुरी कायम गर्दै परीक्षा संचालन गरेको” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले बताउन भएको छ ।
वर्ष भरीमा आफुले पढेको बिषय बस्तुहरुको परीक्षा दिएर घरजानु पाउदा आफुहरु ज्यादै खुशी र हर्षित भएको कुरा कक्षा ७ मा अध्ययनरत छात्रा बर्षा भाटले बताउन भएको छ । “परीक्षा दिदा विद्यालयमा अनिवार्य रुपमा मास्क, सेनिटाईजर र भौतिक दुरीको कामय गरि परीक्षा संचालन गरिएको र आफुहरुको वास्तविक मूल्याकंन भएको” अर्का विद्यार्थी रोसन महराले बताउन भएको छ ।

विद्यलयबाट बालबालीकाहरुको बिषयगत ज्ञान संगसंगै जिवन उपयोगी ज्ञान सिपहरु लाई प्राथमिक्ता दिदै कक्षा ६ देखी ८ सम्म पठन पाठन गराईने पेसा व्यवसाय र प्रविधि शिक्षा पाठ्यक्रम अन्तरगत विद्यार्थीहरुको प्रयोगात्मक कार्यबाट विद्यालयमा मकैको खोस्टाबाट चकटी, मैनबत्ती बनाउने सिपमूलक कार्यहरु थालनी गरिएको थियो । जिल्लाकै नमुना उन्मुख रहेको सिद्धेश्वर माविमा हाल तिन सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.