बैतडीमा नयाँ प्रमुख जिल्ला अधिकारी पाण्डे हाजिर
बैतडी बैशाख १७ / बैतडीमा नयाँ प्रमुख जिल्ला अधिकारी हाजिर भएका छन् ।बैतडीमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा राजेन्द्रदेव पाण्डे हाजिर भएका हुन। तनुहुँको भानु नगरपालिका घर भएका प्रमुख जिल्ला अधिकारी पाण्डेले शुक्रबारदेखि बैतडी जिल्लाको प्रजिअको अभिभारा सम्हालेका हुन् । बैतडीमा प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यभार सम्हालेपछि पाण्डेले पहिलो प्राथमिकता कोरोना संक्रमण रोकथाम नै भएको बताउनुभयो । करिब दुइसाता बढी देखि बैतडी प्रमुख जिल्लाअधिकारी विहिन थियो । निवर्तमान प्रमुख जिल्लाअधिकारी मोहन राज जोशीको सरुवा भएर गएपछि प्रजिअ विहिन रहेको बैतडीले शुक्रबार आज बाट प्रमुख अधिकारी पाएको हो । आइतबार १० ओटै पालिकाका जनप्रतिनिधिहरुसंग बसेर कोभिड नियन्त्रण तथा रोकथामका लागि थप निर्णय लिइने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।