बैतडीका चार स्थानीय तहमा छैन् एम्बुलेन्स
डीआर भट्ट-बैशाख १६ गते
बैतडीका चार ओटा स्थानीय तहमा एम्बुलेन्स सेवा छैन् । जिल्लाको पुर्चौडी नगरपालिका सुर्नया गाउँपालिका,सिगास गाउँपालिकार र शिबनाथ गाउँपालिका एम्बुलेन्स नभएका स्थानीय तह हुन् ।
पुर्चौडी नगरपालिकामा एम्बुलेन्स भएपनि दुर्घटनामा परेर पूर्णरुपमा क्षती भएको थियो । दुर्घटनामा परेर बिग्रिएको एम्बुलेन्स अझै मर्मत भएको छैन् । यता नरगपालिकाले भने दुर्घटनामा परेर पूर्ण क्षती भएको एम्बुलेन्स मर्मतमै बढी खर्च लाग्ने भएपछि मर्मत नगरिएको बताएको छ ।
खरिद मुल्य भन्दा मर्मत मुल्य बढी लाग्ने भनेपछि नयाँ ल्याउने प्रकृयामा गएका र पछि कोरोनाकै कारण खरिद गर्न नसकिएको बताइएको छ । पुरानै एम्बुलेन्स मर्मतमा लाग्ने खर्चबाट नयाँ खरिद गर्न सकिने हुँदा नयाँ नै ल्याउने सोच बनाएको नगरप्रमुख रण बहादुर कुँवरले बताउनुभयो । पुर्चौडीको एम्बुलेन्स गत जेठ १९ गते पाटन नगरपालिकाको विन्द्रावनमा दुर्घटनामा परेर पूर्णरुमा क्षती भएर बिग्रिएको थियो । अन्य तिन गाउँपालिकाहरु सिगास सुर्नया शिबनाथ गाउँपालिकाले पनि अहिले सम्म एम्बुलेन्स खरिद गर्न सकेका छैनन् ।
खरिद गर्ने निर्णय गरिसक्यौँ, पहल भइरहेको छ, प्रकृयामै छौँ भन्ने गरेका पालिकाहरुले चौथो कार्यकाल समाप्त हुनै लाग्दा समेत नागरिकहरुलाई एम्बुलेन्स सेवा प्रदान गर्न सकेका छैनन् । महँगा गाडी खरिदगरेर रमाएका जनप्रतिनिधिहरुलाई कोही सिकिस्त बिरामी परे अस्पताल पु¥याइदिने एम्बुलेन्स नुहुँदा पर्ने समस्यामा कुनै प्रकारको चिन्ता छैन्
। जनतासँग प्रत्यक्ष सरोकार राख्ने अत्यावश्यक एम्बुलेन्स सेवा नुहँुदा नागरिकहरुले बेलाबखत समस्या भोग्नुपरेको छ । स्थानीय तहमा एम्बुलेन्स सेवा नहुँदा नागरिकहरुले समस्या हुने गरेको बताएका हुन् । एम्बुलेन्स नभएका स्थानीयतहमा माहामारि तिब्र फैलिरहेका बेला बिरामी ओसारपोसर गर्न झन समस्या हुने देखिन्छ । बैतडीको शिबनाथ गाउँपालिकाले केहिदिनमै पालिकामा एम्बुलेन्स पुग्ने बताएको छ ।
यस्तै बैतडीका अन्य ६ स्थानीय तहमा भने एम्बुलेन्स सेवा उपल्बध छ । बाँकी स्थानीय तहहरु दशरथचन्द नगरपालिका मैलौली, पाटन नगरपालिका, पञ्चेश्वर गाउँपालिका, डिलाशैनी र दोगडाकेदार गाउँपालिका संग एम्बुलेन्स छ ।
काेभिडका कारणा केही अप्ठारो परिस्थिति सिर्जना भइहाले सिकिस्त बिरामी बोक्न र ओसारपोसर गर्न अन्य स्थानीय तहमा एम्बुलेन्स तमतायर अवस्थामा रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । भएका एम्बुलेन्स तमतयार अवस्थामा रहेको बताइएपनि इन्धन छैन भनेर टार्ने गरेका धेरै नागरिकहरुले गुनासो गर्ने गरेका छन् ।