प्रहरी चौकी देहीमाण्डौले पनी चलायो “तपाईको मास्क खोई” कार्यक्रम

बैतडी–बैशाख १५ / प्रहरी चौकी देहीमाण्डौले पनी “तपाईको मास्क खाेई” कार्यक्रम गरेको छ । कोरोना भाईरस कोभिड १९ को दोस्रो लहरले बिकराल रुप लिदै गए पछि देहीमाण्डौ प्रहरी चौकीले पनी “तपाईको मास्क खाेई” कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रम अन्र्तगत कोरोनाको संक्रमणबाट बच्न अनिबार्य मास्कको प्रयोगमा जोड् दिदै बिना मास्क हिड्ने नागरिकहरुलाई सम्झाई बुझाई गरी मास्क बितरण गर्न थालिएको हो । आज पहिलो दिन देहीमाण्डौ बजार क्षेत्रका बिभिन्न ठाउँमा “तपाईको मास्क खाेई” लेखिएका प्ले कार्डहरु टांसिएको प्रहरी चौकी देहीमाण्डौका प्रहरी हवल्दार खेमराज बडुले जानकारी दिनुभएको छ । यस्तै बिना मास्क बजारमा हिडडुल गरिएका १ सय ५० जना नागरिकहरुलाई मास्क समेत बितरण गरिएको उहाँले बताउनुभयो । प्रहरीको यस्तो खालको कार्यक्रमले आम नागरिकहरुलाई कोरोनाबाट बच्ने स्वास्थ्य सुरक्षामा मापदण्डहरुको पालना गर्न दबाब पर्ने र संक्रमण नियन्त्रणका लागी टेवा पुग्ने बिश्वास गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.