दार्चुलाःशिक्षक र कर्मचारिको निशुल्क कोरोना विमा
डी आर भट्ट– भदौ -२८ /दार्चुलाको शैल्यशिखर नगरपालिकाले नगर भित्रका शिक्षक तथा कर्मचारिको निशुल्क कोरोना विमा गर्ने भएको छ । नगरपालिकमा गत २५ गते बिहिबार बसेको नगर शिक्षा समितिको बैठकले नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयहरुमा कार्यारत शिक्षक तथा कर्मचारिको एक लाख रकम बराबरको निशुल्क कोरोना बिमा गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र विष्टले जानकारि दिनुभएको छ ।
कोरोना भाइसका कारण नराम्ररी प्रभावित बनेको शैक्षीक गतिविधि बैकल्पीक माध्यमबाट सञ्चालनका लागि शिक्षक तथा कर्मचारिले विभिन्न अवस्थामा जोखीम मोलेर खटिनु पर्ने भएकाले सो जोखीमलाइ मध्यनजर गरेर निशुल्क कोरोना बिमा गर्ने निर्णयभएको नगरपालिकाले जनाएको छ । यस्तै कोरोना भाइरसका कारण विद्यालयमा पठन पाठन अवरुद्ध भएको अवस्थामा सभाव्य शैक्षीक क्षती न्युनीकरणका लागि आवस्यक वैकल्पीक शैक्षीक गतिविधि कायम गर्न गठित नगरस्तरिय शिक्षा समुह एजुकेसन कलसटरले पहल गर्ने भएको छ ।
कोभिड १९ले विद्यालयमा पठन पाठन हुने नसकेको अवस्थामा अनलाईन, अफलाइन, रेडियो एफमहरु र मुद्रीत सामाग्रीहरुमध्ये विद्यालयको अवस्था हेरेरे जुन माध्यम उपयुक्त हुन्छ सोहि माध्यमबाट विद्यार्थिहरुलाई सेवा प्रदान गर्ने निर्णय समेत भएको नगरस्तरीय शिक्षा सुमहका संयोजक एवँ नगपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्टले बताउनुभएको छ । उहाँका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका भित्र ५१ सामुदायिक र ६ ओटा संस्थागत विद्यालय रहेका छन ।