बैतडीको झुलाघाटबाट भित्रिएका संक्रमितको मृत्यु, अक्सिजन अभावमा रेफर भएका थिए डडेल्धुरा

बैतडी बैशाख १५ गते
अक्सीजन अभाव भएर डडेल्धुरा रेफर गरिएका बैतडीका कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका वडा नं ९ का अन्दाजी ३३ वर्षिय कोरोना संक्रमित युवकको मंगलबार राति डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्य भएको हो ।

बैशाख ११ गते राति सास फेर्न असहज भयो भनेर १२ गते अस्पताल आएका उनिमा चेकजाँच गर्दा कोरोना पुष्टि भएको थियो । दिउँसो गरिएको चेकजाँचमा कोरोना पुष्टि भएपश्चात उनमा जटिल समस्या देखिएपछि सोहि दिन साँझ डडेल्धुरा रेफर गरिएकोमा उपचारको क्रममा उनको १४ गते मंगलबार राति मृत्यु भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बसन्त राज जोशीले जानकारी दिुनभयो।
अस्पताल पुग्दा बिरामीको अवस्था, रेफर गर्नुको कारण
जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बसन्त राज जोशीले भने, “उनि ११ गते राति सास फेर्न असहज भयो भनेर १२ गते अस्पताल आइपुगेका, हामिले चेकजाँच गरेयौँ, उनमा कोरोना पोजिटिभ देखियो ।

उनको एक्सरे हेर्दा पनि खराब थियो भौतै नराम्रो, निमोनिया पनी लागेको जस्तो, अक्सीजनको मात्रा पनि अत्यधिक कम, अक्सीजन दियौँ अक्सीजन दिएर पनि चाहिने जति पुग्न सकेन अनि डडेल्धुरा रेफर गरेका थियौँ ।” उनले भने ।
कोरोनाका कारण मृत्यु भएका युवकको ट्रार्भल हिस्ट्री
।पारिवारिक स्रोतका अनुसार उनि भारतबाट आएका हुन । भारतमा काम गर्ने उनि बिरामी भएर नेपाल फर्किएका थिए । झुलाघाट नाकाबाट उनि स्वदेश फर्किका हुन। बैशाख ९ गते उनि घर पुगेका थिए । उनको भुलाघाट नाकामा पनि कोरोना परीक्षण भएको परिवार स्रोत बताउँछन ।

भुलाघाटनाकामा एन्टीजेन विधिबाट कोरोना परीक्षण गराएको उनको रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना रिपोर्ट नगेटिभ आएको रिपोर्ट लिएर घर पुगेका उनिमा सामान्य खालको ज्यवरो आउने र छिनमै निको हुन्थ्यो । तर बैशाख ११ गते अलि बढीनै भएपछि अस्पताल गएका थिए ।

परिवारले दिएको जानकारी अनुसार उनलाई निमोनिया र टाइफाइट भइरहन्थो । भारतमा काम गरिरहेका बेला उनि बिरामी भएपछि त्यहाँबाट घर फर्किका बताइन्छ । लकडाउन खुलेपछि भारत गएका उनि बिरामी भएर घर आएका बताइएको छ ।
सम्पर्कमा रहेका नागरिकरुको कोरोना परीक्षण गरिने
मृतकको सम्पर्कमा रहेका नागरिक र परिवारका सदस्यहरुको स्वाब संकलन गरेर कोरोना चेक जाँच गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले जानकारी दिनुभयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.