बैतडीका स्थानीय तहले पनि गरे पूर्व निर्धारित सबै परीक्षा स्थगित
बैतडी–बैशाख १४ / बैतडीका स्थानीय तहहरुले पनि पूर्व निर्धारित सबै परीक्षाहरु स्थगित गरेका छन । कोरोना संक्रमण बढ्न थालेपछि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतीक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्काे आदेश नभए सम्मका लागि स्थगित गर्ने निर्णय गरेकाले सोहि निर्णयमा टेकेर यहाँका स्थानीतहले पनि परीक्षा स्थगित गरेको बताएका छन् ।
यस अघि बैतडीका स्थानिय तहहरुले कोरोना भाईरसको संक्रमण तिब्र गतिमा फैलिदै गए पछि देशब्यापी लकडाउन हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यो अगाबै परीक्षा सञ्चालन गर्न परीक्षा मिति तोकेका थिए । दशरथचन्द नगरपालिकाले एक सुचना जारी गर्दै नगरपालिका भित्रका बिद्यालयहरुका अर्को आदेश जारी नभएसम्मका लागी पुर्ब निर्धारित सबै परीक्षा स्थगित भएको जनाएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका र सिगास गाउँपालिकाले सुचना जारी गर्दै परीक्षाहरु स्थगित गरिएको जानकारी गराएका छन ।