बैतडीमा स्वतन्त्र राष्ट्रिय अभियान नेपालको जिल्ला समिति गठन
बैतडी -भदौ -२८/ बैतडीमा स्वतन्त्र राष्ट्रिय अभियान नेपालको जिल्ला समिति गठन गरिएको छ । स्वतन्त्र राष्ट्रिय अभियान नेपालका डोटी जिल्ला संयोजक नन्द मलासिको नेतृत्वमा २६ सदस्यीय जिल्ला समिति गठन गरिएको हो ।
समाजमा रहेका बिकृति विसङगती हटाउने उदेश्यले देशका ७७ ओटै जिल्लामा समिति गठन गरिरहेको स्वतन्त्र राष्ट्रिय अभियान नेपालले बैतडीमा पनि २६ सदस्यीय समिति गठन गरेको स्वतन्त्र राष्ट्रिय अभियान नेपालका डोटी संयोजक नन्द मलासीले जानकारिदिनुभएको छ ।
बर्तमान राज्य व्यवस्थामा देखा परेका भ्रष्टाचार, विकासमा ढिलासुस्ती, कमिसन खोरजस्ता क्रीयाकलापमा खबरदारि गराउने हेतूले बैतडीमा पनि समिति गठन गरिएको उहाँले बताउनुभएको छ । उहाँका अनुसार बैतडी गठित समिति संयोजकमा कौशीला भण्डारी , सह संयोजक दिनेश महरा, सचिबमा प्रकाश बोहरा ,सह सचिब धुर्वकिरण भूल ,कोशध्यक्ष हरिश चन्द्र भाट र सहकोशाध्यक्षमा पुष्पा पन्त सर्बसम्मत चयन गरि २६ सदस्यीय समिति गठन गरिएको छ ।
कोरोना भाइरसका कारण जमघट गर्न नसकिएपछि फोनबाटै सबै संग समन्वय गरेर शनिबार बैतडीमा समिति गठन गरिएको जिल्ला संयोजक कौशीला भण्डारीले जानकारिदिनुभएको छ । जिल्लामा गठित समितिले बैतडीका हरेक क्रीयाकलापहरुमा पैरबी गरि सम्बद्ध निकायलाई खबरदारि गर्ने स्वतन्त्र राष्ट्रिय अभियान नेपाल बैतडी समितिलेले जनाएको छ ।