बिपि अध्ययन प्रतिष्ठान नेपालको दार्चुला जिल्ला कार्य समिति गठन

बैतडी -भदौ -२८/ बिपि अध्ययन प्रतिष्ठान नेपालको दार्चुला जिल्ला कार्य समिति गठन गरिएको छ । बिपि कोईरालाको बहुआयामिक पक्ष तथा नेपाली समाज र जीवनका बिभिन्न पक्षको अध्ययन, चिन्तन, अनुसन्धान र प्रसार प्रसार गर्ने उदेश्यले प्रतिष्ठानको दार्चुला जिल्ला कार्य समिति गठन गरिएको हो ।

कोरोना महामारीले गर्दा भर्चुअल माध्यमबाट भेला गराई कार्य समिति गठन गरिएको कार्य समिति महासचिब कृष्ण सिह रावलले बताएका छन । सहदेब जोशीको अध्यक्षतमा प्रतिष्ठानको १३ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ ।

 कार्य समितिको उपाध्यक्षमा सुरेन्द्र बम र सुरेन्द्र धामी, महासचिबमा कृष्ण सिह रावल, सचिबमा एकेन्द्र सिह धामी र शिबराज जोशी र कोषाध्यक्षमा गायत्री जोशी नियुक्त भएकी छन । यस्तै प्रतिष्ठानको सदस्यहरुमा बिष्णु बोहरा, जमन डडाल, बिजय बडाल, नबिना सिलाल, करन लुहार र बिजया जोशी नियुक्त भएका छन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.