महाकाली करिडोरले अब गति लिने, ९० करोड वजेट स्विकृत
बैतडी,भदौ २८ / महाकाली करिडोरले अब गति लिने भएको छ । सरकारले ट्रयाक खोल्नका लागि एकमुष्ठ रुपमा ठुलो रकम विनियोजन गरेपछि करिडोर निर्माणको कामले तीब्रता पाउने भएको हो । अर्थ मन्त्रालयबाट महाकाली करिडोरका लागि बहुबर्षीय ठेक्का अन्र्तगत ट्रयाक खोल्नका लागि ९० करोड वजेट स्विकृत भएको बैतडीबाट निर्बाचित संघिय सांसद दामोदर भण्डारीले बताउनुभयो । उक्त वजेटबाट कञ्चनपुरको दोधारा चाँदनीदेखि दार्चुलाको तिंकरसम्म करिडोरको ट्रयाक खोलिने बताईएको छ ।
तीन वर्षभित्र ट्रयाक खोलिसक्ने गरी सरकारले वजेट स्विकृत गरेको हो । उनका अनुसार ट्रयाक खुलेपछि दातृ निकायबाट पुल तथा सडक कालोपत्रेका काम अगाडी बढाउने योजना छ। दार्चुलाको खलंगादेखि तिंकरसम्म सडक निर्माणका लागि लामो समयदेखि काम भईरहेको छ। २०६५र०६६ मा करिडोरको अवधारणा आएपछि बैतडीमा पनि ट्रयाक खोल्ने काम सुरु भएको हो। तर कञ्चनपुर र डडेलधुरामा भने फाटफुट बाहेक ट्रयाक खोल्ने काम राम्रो संग अगाडि बढ्न सकेको छैन।
पूर्ब अर्थ राज्यमन्त्री समेत रहेका सांसद दामोदार भण्डारीका अनुसार करिडोरको अनुमानित लागत १८ अर्व रहेको छ । करिडोर निर्माणपछि पञ्चेश्वरबाट दुई घन्टामा ब्रम्हदेव पुग्न सकिन्छ । बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले भने, ‘चारवटै जिल्लाका लागि यो सडक लाइफलाइन हो।’ उनका अनुसार विनियोजित वजेटबाट पञ्चेश्वरमा मात्रै यसवर्ष ५० किलोमिटर ट्रयाक खुल्नेछ।