सुदूरपश्चिमका थप ७६ जनामा कोरोना पुष्टि

कैलाली,भदौ २८ / सुदूरपश्चिममा आज थप ७६ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशाला, डडेल्धुरा अस्पताल र डोटी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ७६ जनामा कोरोना पुष्टि भएको हो।सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ४५ जनाको कोरोना परीक्षण भएकोमा ७३ जनामा संक्रमण पुष्टि भएको छ। कैलालीका ६९जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार कैलालीको धनगढी उप–महानगरपालिकाका मात्रै ६९ जनामा संक्रमण पुष्टि भएको छ। श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका भित्रैका तर ठेगाना नखुलेका ३१ जना, वडा नम्बर १ का १८ जना, वडा नम्बर २, ३ र ८ का ४÷४ जना, वडा नम्बर ४ का ३ जना र वडा नम्बर ५, ७ त्यसैगरी १२ का एक÷एक जना गरी ६९ जनामा कोरोना संक्रमण भेटिएको हो।

त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका– २ का २ जना, कञ्चनपुरकै बेलौली नगरपालिका–२ का एक जना, कैलालीको गोदावरी नगरपालिका – ५ का एक जना र डडेल्धुराको परशुरम नगरपालिकाका एक जनामा कोरोना संक्रमण भेटिएको सूचना अधिकारी श्रेष्ठले बताए। यस्तै डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको छ। ८३ जनाको कोरोना परीक्षण भएकोमा २ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले अछामको मंगलसेन नगरपालिकाका दुई पुरुषमा कोरोना संक्रमण देखिएको बताए।त्यसैगरी डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १ एक सय ९६ जनाको कोरोना परीक्षण भएकोमा थप एक जनामा संक्रमण पुष्टि भएको हो।अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालले दिएको जानकारी अनुसार सक्रमित डडेल्धुराको अमरगढी नगरपालिकाका हुन्। वडा नम्वर ५ का एक जनालाई संक्रमण पुष्टि भएको हो।यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ५ सय १० पुगेको छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.