बैतडीका ९ स्थानिय तह कोरोना मुक्त

जनक साउद,भदौ २८/  बैतडीका थप ८ जना कोरोना संक्रमीत डिस्चार्ज भएका छन । जिल्लाको सिगास गाउपालिकाका थप ८ जना संक्रमीतहरु कोरोना जितेर घर फर्किएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्र्पक ब्यक्ति भुवन प्रसाद जोशीले जानकारी दिनुभएको छ । उनीहरुमा घरमै रहेको बेला कोरोना पृष्टि भएकोले संक्रमीत ८ जना सहित घर परिवारका सदस्यहरु पनी क्वारेन्टीनमा बसीरहेका थिए ।

संक्रमीत ८ जना सहित घर परिवारका सदस्यहरुको गरी ३४ जनाको रिर्पोट नेगेटिभ आए पछि उनीहरु सबैलाई घर पठाईएको सिगास गाउपालिकाका स्वास्थ्य संयोजक घनश्याम बोहराले जानकारी दिनुभएको छ । यो संगै बैतडीमा कोरोना जित्नेको संख्या ३ सय ७४ पुगेको छ । अहिले जिल्लाको पाटन नगरपालिकामा १ जना मात्रै सक्रिय संक्रमीत रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

यसै बिच बैतडीमा कोरोना मुक्त हुने स्थानिय तहको संख्या ९ पुगेको छ । जिल्लाको पाटन नगरपालिका बाहेक बैतडीका सबै स्थानिय तहहरु अहिले कोरोना मुक्त भएका छन । यस्तै बैतडीका बिभिन्न बैकंका कर्मचारीहरु र स्वास्थ्यकर्मीहरु गरी १८ जनाको स्वाब संकलन गरी पठाएकोमा सबैको रिर्पोट नेगेटिभ आएको कोभिड १९ सम्र्पक ब्यक्ति जोशीले जानकारी दिनुभयो । अब स्वाब संकलन गरी परीक्षणका लागी पठाईएका १ सय १ जनाको रिर्पोट आउन बाकी रहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.