बैतडीका ३ सय ६६ जनाले कोरोना जिते ,९ जना सक्रिय संक्रमीत
जनक साउद–भदौ २८/ बैतडीमा अहिलेसम्म ३ सय ७५ जनामा कोरोना पृष्टि भएकोमा ३ सय ६६ जनाले कोरोना जितेका छन । बिभिन्न समयमा पृष्टि भएकाहरुमध्ये ३ सय ६६ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । अहिले ९ जना मात्रै सक्रिय संक्रमीत रहेका छन । सिगास गाउँपालिकामा ८ जना र पाटन नगरपालिकामा १ जना गरी ९ जना सक्रिय संक्रमीत रहेको स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्र्पक ब्यक्ति भुवन प्रसाद जोशीले जानकारी दिनुभएको छ । जिल्लाका अन्य ८ ओटा स्थानिय तहहरु अहिले संक्रमणमुक्त भएका छन ।
सबैभन्दा बढी पञ्चेश्वर गाउपालिकामा ६० जनामा संक्रमण पुष्टी भएकोमा सबै जना निको भईसकेका छन । शिबनाथ गाउपालिकामा ५० जना, डिलाशैनी गाउपालिकामा ८ जना, दोगडाकेदार गाउपािलकामा ४५ जना, सुर्नया गाउपालिकामा २८ जना, पुर्चौडी नगरपालिकामा १० जना, दशरथचन्द नगरपालिकामा ४४ जना र मेलौली नगरपालिकामा ३३ जनामा संक्रमण पुष्टि भएकोमा सबैले कोरोना जितिसकेको छन ।
यस्तै सिगास गाउपालिकामा ५१ जनामा कोरोना पृष्टि भएकोमा ८ जना सक्रिय संक्रमीत रहेका छन भने ४४ जना निको भएका छन । पाटन नगरपालिकामा ४४ जनामा कोरोना पुष्टि भएकोमा १ जना मात्रै सक्रिय संक्रमीत रहेका छन भने अन्य ४३ जना निको भईसकेका हुन । स्वाब संकलन गरी पठाईएका ७६ जनाको रिर्पौट आउन बाकी रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।