बैतडीमा प्रहरीद्धारा अबैध मदिरा बरामद गरी नष्ट

मदिरा ओसारपसारमा संलग्न ब्यक्ति फरार

जनक साउद–भदौ २६/ बैतडीमा प्रहरीले अबैध मदिरा बरामद गरी नष्ट गरेको छ । जिल्लाको पुर्चौडी नगरपालिका १ मा रहेको पुरघाट प्रहरी चौकीले अबैध मदिरा बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । वडा नम्बर १ को मगंलचौरमा प्रहरीलाई देखेर मदिरा ओसारपसारमा संलग्न मान्छे भागे पछि प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको पुरघाट प्रहरी चौकीका ईन्चार्ज भिम सिह धामीले जानकारी दिनुभएको छ ।

मदिरा छोडेर फरार रहेको ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । बिभिन्न ब्रान्डको ७८ क्वाटर अबैध मदिरा वडा नम्बर १ का वडाध्यक्ष गणेश सिह गडाल, अन्य जनप्रतिनिधि र पत्रकारको रहोबरमा नष्ट गरिएको प्रहरी चौकी ईन्चार्ज धामीले बताउनुभएको छ । भदौ १७ गते नियन्त्रणमा लिएको अबैध मदिरा आज नष्ट गरिएको हो । पछिल्लो समय जिल्लामा अबैध मदिराको कोरोबार बढे पछि प्रहरीले निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.