शिद्धेश्वर माबि हुक्केडाडाको टोल शिक्षा कार्यक्रमको समिक्षा सम्पन्न
अगामी असोज ४ गतेबाट बिद्यालय सञ्चालन गर्ने निर्णय
जनक साउद–भदौ २६/ बैतडीको पाटन नगरपालिका ९ मा रहेको शिद्धेश्वर माध्यमिक विद्यालय हुक्केडाडाले शुक्रबार टोल शिक्षा कार्यक्रमको समिक्षा गरेको हो। कोरोना महामारीले शिक्षा क्षेत्र नराम्ररी प्रभाबित भई पठनपाठन ठप्प भए पछि असार ७ गतेदेखि टोल शिक्षा सुरु गरेको थियो । बिभिन्न टोलहरुमा बिद्यार्थीहरु भेला गराई बिषयगत शिक्षकहरु पठाएर उक्त बिद्यलायले टोल शिक्षा सञ्चालन गरेको थियो ।
विद्यालय सेवा भित्रका अभिभावक,विद्यालय ब्यबस्थापन समिति र शिक्षकहरुहरुको उपस्थितिमा टोल शिक्षाको समिक्षा गरिएको हो । महामारीको समयमा विद्यालयहरु बन्द हुदा र पठनपाठन ठप्प हुदा बिद्यार्थीहरुमा परेको समस्यालाई ध्यानमा राखेर बिद्यालयले सुरु गरेको टोल शिक्षा कार्यक्रम निकै प्रभाबकारी भएको निश्कर्ष समीक्षा बैठकले निकालेको छ ।
नमुना बिद्यलायको रुपमा परिचित उक्त विद्यालयले गरेको टोल शिक्षा कार्यक्रम निकै प्रभाबकारी भएको अभिभावकहरुले बताएका छन । यस्तै शिद्धेश्वर माध्यमिक विद्यालय हुक्केडाडाले अगामी असोज ४ गतेबाट बिद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । कोरोनाबाट बच्ने आबश्यक सुरक्षा सर्तकता अपनाएर बिद्यलाय सञ्चालन गर्ने निर्णय भएको बिद्यलाय ब्यबस्थापन समिति अध्यक्ष प्रेम सिह भाटले जानकारी दिनुभयो । सुरक्षाका आबश्यक मापदण्डहरु अपनाएर असोज ४ गतेदेखि प्रत्येक दिन ४ घण्टा विद्यालय सञ्चालन हुने भएको छ । हप्ताको ३ दिन शिशुदेखि कक्षा ५ सम्म र ३ दिन कक्षा ६ देखि १० सम्मको पढाई सञ्चालन गर्ने निर्णय भएको अध्यक्ष भाटले बताउनुभयो ।