बैतडीमा बर्थिङ सेन्टरका लागि भवनमात्रै बने, न उपकरण न कर्मचारि, स्थानिय सरकार बेखबर
परम्परागतरूपमा सुत्केरी हुँदा आमा र शिशु दुबै जोखिममा
डी आर भट्ट- भदौ -२६/ बैतडीमा बर्थिङ सेन्टरका लागि भवन बनेपनि प्रसुती सेवा सञ्चालनमा आउन सकेको छैन् । सुदूरपश्चि प्रदेश सरकार सामाजिक विकाश मन्त्रालयको बजेटबाट जिल्ला भित्र बर्थिङसेन्टरका भवनहरु बनेपनि कर्मचारि र उपकरणको अभावमा प्रसुती सेवा भने सञ्चालनमा आउन नसेकेको हो ।आर्थिक वर्ष २०७५÷७६ मा १४ ओटा र गत आर्थिक वर्ष ७६÷७७ एक गरि जिल्लामा १५ ओटा बर्थिङ सेन्टरका भवन बनेका छन। सो भवनहरु मध्ये अहिले ६ ओटा मात्रै सञ्चालनमा छन भने बाँकि ९ ओटा सञ्चालनमा आएका छैन्न् । सुर्नया गाउँपालिका भित्र प्रसुती सेवा केन्द्र सञ्चालनका लागि ३ ओटा भवन निर्माण भएको २ वर्ष भइसक्दापनि अहिले सम्म सञ्चालनमा आएका छैन्न् ।
गाउँपालिका भित्र प्रसुति सेवा केनद्र संञ्चालनका लागि ३ ओटा भवनहरु दुइवर्ष पहिले नै निर्माण सम्मपन्न भएका भएपनि आवस्यक उपकरण र कर्मचारि अभावले सञ्चालमा आउन नसकेका सुर्नया गाउँपालिका स्वास्थ्य संयोजक राम सिहँ महराले जानकारिदिनुभएको छ । वडा नं ३ को विजुल र वडा नं ५ को धुलिधार र हरचनमा प्रसुती गृहका लागि भवन बनेका भएपनि आवस्यक उपकरण र कर्मचारिको अभावले प्रसुति सेवा सञ्चालन गर्न नसकिएको उहाँले बताउनुभएको छ ।
यस्तै दशथचन्द नगरपालिकामा तिन ओटा भवन निर्माण भएका भएपनि दुई ओटाबाट मात्रै सेवा सञ्चालन छ । वडा नं १, ५ र १० मा भवन निर्माण भएका भएपनि वडा नं १ र १०बाट मात्रै प्रसुती सेवा प्रवाह भइरहेको र बाँकि वडा नं ५ रहेको बर्थिङसेन्टर बाट सेवा सुचारु हुनसकेको छैन । यस्तै पाटन नगरपालिकामा दुई ओटा भवन बनेका भएपनि जनशक्ती अभावले सेवा सञ्चालनमा समस्या भएको बताइएको छ । वडा नं १ र ८ मा बर्थिङ सेन्टरका लागि भवन बनेपनि कर्मचारिको व्यवस्थापन नहुँदा समस्या भएको स्वास्थय संयोज मदन सिहँ महराले बताउनुभएको छ । यस्तै सिगास गाउँपालिका वडा नं ७ मा बनेको भवनपनि प्रयोग विहिन बनेको बताइएको छ ।
आधारभुत सेवा केन्द्र स्थापना भएकै ठाउँमा बर्थिङ सेन्टरको भवन बनेकाले आधरभूत सेवा केन्द्रबाट प्रसुती सेवा प्रबाह भइरहेको र सो भवन अहिले प्रयोग विहिन अवस्थामा रहेको स्थानिय सुरेन्द्र ऐरले बताउनुभएको छ । यस्तै दोगडाकेदार गाउँपालिका भित्रपनि प्रसुति सेवा केन्द्रका लागि तिन ओटा भवन बनेका भएपनि एउटा मात्रै सञ्चानलामा छ भने बाँकि दुइ कर्मचारि र उपकरण अभावले सञ्चालन गर्न नसकिएका स्वास्थ्य संयोज नरेन्द्र नाथले बताउनुभएको छ । वडा नं १ गोरङबाट प्रसुति सेवा सञ्चालन भएपनि , वडा नं २ कफकोट र वडा नं ७ चडेपानिमा जनशक्ती र उपकरण अभावले सञ्चालनमा समस्याभएको उहाँको भनाई छ । डिलाशैनि गाउँपालिकामा पनि २०७५÷७६ मा दुइओटा भवन निर्माण भएका छन ।
वडा नं ६ र ७ मा स्थापना भएको बर्थिाङ सेन्टर मध्ये वडा नं ६ रहेको भवनबाट प्रसुती सेवा सञ्चालन भएपनि वडा नं ७ धामि गाउँमा भने जनशक्ती अभाव सञ्चालन आउन नसेको गाउँपालिका स्वास्थ्य संयोक नवराज जोशीले बताउनुभएको छ । वडा नं ४ मा गत आर्थिक वर्ष निर्माण भएको बर्थिाङसेन्टरबाट भने सेवा प्रवाह भइरहेको उहाँको भनाई छ ।
यस्तै पञ्चेश्वर गाउँपालिका वडा नं २ को महाकालिमा बनेको बर्थिङसेन्टरपनि सञ्चालन नभएको बताइएको छ । भवन निर्माण गर्दा जनताहरुको पाइक पर्ने ठाउँमा नबनेकाले प्रसुतीसेवा सञ्चालनमा चुनौती थपिएको स्वास्थ्य संयोजक राम साग शाहले बताउनुभएको छ । धेरै ठाउँमा प्रसुति सेवा केनद्रका लागि भवन बनेपनि कर्मचारि अभावले सञ्चालन आउन सकेका छैनन् ।
यता स्वास्थ्य कार्यालय बैतडीले भने कर्मचारि र उपकरणको व्यवस्थापन गर्ने अधिकार स्थानिय सरकालाई भएको बताएको छ । बनेका भवनहरुबाट प्रसुति सेवा सञ्चालन नुहुँदा अहिलेपनि महिलाहरुले प्रसुती सेवाका लागि घण्टौँ हिँडेर स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता रहेका स्थानियहरुको गुनासो छ । कर्मचारिको व्यवस्थापन स्थानिय सरकारले गर्नुे पर्ने भएपनि व्यवस्थापकीय जिम्मेवारी पाएको स्थानियतह अहिले बेखबर रहेको स्थानियहरुको आरोप छ ।
यता स्थानिय सरकाले भने प्रसुति सेवा सेवा सञ्चालनका लागि बर्थिङसेन्टरहरुमा आवस्यक प्रसुतीकर्मि कर्मचारि र उपरकणको व्यवस्थापनमा ढिलाई भएको स्वकार्दै लकडाउनपछि कर्मचारि व्यवस्थापन गर्ने बताएका छन । भौतीक संरचाना निर्माण भइसकेपछि पनि प्रसुतीसेवा सञ्चालन नहुँदा स्थानिय सरकारले राखेको घरमा हुने सुत्केरी शुन्य वडा घोषणा गर्ने लक्ष्यमा समेत बाधा पुगेको छ ।
परम्परागतरूपमा सुत्केरी हुँदा आमा र शिशु दुबै जोखिममा पर्ने हुँदा सुरक्षित र भरपर्दो अवस्थामा सुत्केरी हुनका लागि स्वास्थ्य संस्थामै जानुपर्ने बाध्यताको अनत्यका लागि टोलभेगहरुमै बर्थिङसेन्टर स्थापनका लागि प्रदेश सरकारको लगानिमा भवन बनेका भएपनि प्रयोग विहिन अवस्थामा रहेका हुन ।
प्रसुती सेवा केन्द्रमा एक जना अनमि र एक जना सुइपर सरसफाइकर्मि आवस्यक पर्ने भएपनि आवस्यक उपकरणक र कर्मचारि अभावमा निर्माण सम्पन्न भवन प्रयोग विहिन बनेका हुन । स्वास्थ्य कार्यालय बैतडीका अनुसार जिल्ला भित्र अहिले १ सय ३० ओटा बर्थिङ सेन्टर अर्थात सुरक्षती प्रसुती सेवा केन्द्र रहेका छन ।