बैतडीःअधिकांस वडा कार्यालयहरु भाडाका घरमा

वार्षिक लाखौँ खर्च

जनक साउद-भाद्र २५ /बैतडीका अधिकांस वडा कार्यालयहरुले आफ्नै भवन निर्माण गर्न सकेका छैनन् । राज्य पुनःसंरचनामा गएको ३ बर्ष पुगीसक्दा पनी यहाँका अधिकांस वडा कार्यालयहरु भाडाकै घरमा संचालनमा रहेका छन । १० ओटा स्थानिय तहका ८४ ओटा वडाहरुमध्ये ३१ ओटा वडा कायालर्यहरु भाडाका घरबाट सेवा दिईरहेका छन ।

जिल्लाको दशरथचन्द नगरपालिकामा ११ ओटा वडाहरु मध्ये ७ ओटा वडाहरुसंग मात्रै आफ्नै भवन रहेको छ । नगरपालिकाको वडा नम्बर ४,५,६ र वडा नम्बर ७ सगं आफ्नो भवन नभएको नगरपालिकाका प्रबक्ता चक्र प्रसाद शर्माले जानकारी दिनुभयो ।जिल्लाको पाटन नगरपालिकामा १० ओटा वडाहरु मध्ये ३ ओटा वडाहरुसगं मात्रै आफ्नो भवन रहेको छ । वडा नम्बर ९,३ र वडा नम्बर ७ ले आफ्नै भवनबाट सेवाहरु दिईरहेका छन भने वडा नम्बर १० र ४ को भवन निर्माणका लागी ठेक्का सम्झौता भईसकेको नगरप्रमुख केशब बहादुर चन्दले जानकारी दिनुभएको छ । अन्य वडाहरुसगं भने आफ्नो भवन छैन ।

मेलौली नगरपालिकामा ९ ओटा वडाहरु रहेकोमा वडा नम्बर २ र ९ गरी २ ओटा वडाहरुसगं मात्रै आफ्नै भवन रहेको छ भने अन्य सबै वडाहरु भाडाको घरबाट सेवा दिईरहेको नगरउपप्रमुम राधा ओझाले जानकारी दिईन । यस्तै जिल्लाको पुर्चौडी नगरपालिकामा भने १० ओटा वडाहरु रहेकोमा सबै वडाहरुसगं आफ्नै भवन रहेको नगर उपप्रमुख जानकी ऐर बमले जानकारी दिईन । सिगास गाउँपालिकामा पनी सबै वडाहरुसगं आफ्नै भवन रहेको गाउँपालिका उपाध्यक्ष द्रोपती चन्ले बताईन । जिल्लाको पञ्चेश्वर गाउँपालिमा पनी सबै वडाहरुसगं साबिकको गाबिश भवन रहेको भए पनि वडा नम्बर ३ मा नया भवन निर्माण गरिएको छ ।

यस्तै वडा नम्बर २ र ५ मा पनी नया भवन निर्माणको प्रकृयामा रहेको गाउपालिका उपाध्यक्ष बिना भट्टले जानकारी दिईन । शिबनाथ गाउँपालिकामा वडा नम्बर २ सगं मात्रै आफ्नौ भवन रहेको गाउँपालिका अध्यक्ष कर्ण साउदले बताउनुभयो । अन्य वडाहरु भडाको घरमा सञ्चालनमा रहेका छन । अहिले वडा नम्बर ४, ३ र वडा नम्बर १ को भवन निर्माणधिन अबस्थामा रहेको अध्यक्ष साउदले जानकारी दिए । जिल्लाको दोगडाकेदार गाउँपालिकामा ८ ओटा वडाहरु रहेकोमा ५ ओटा वडाहरुसगं मात्रै साबिकको गाबिश भवन रहेको र वडा नम्बर ७, ६ र वडा नम्बर ३ सगं आफ्नै भवन नभएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले जानकारी दिनुभएको छ ।

           जिल्लाको सुर्नया गाउँपालिकामा ८ ओटा वडाहरु रहेकोमा ५ ओटा वडाहरुमा मात्रै आफ्नै भवन रहेको छ भने वडा नम्बर ५, ६ र वडा नम्बर ८ गरी ३ ओटा वडाहरु भाडाको घरमा रहेको गाउँपालिका उपाध्यक्ष लिला बिष्टले बताईन । यस्तै जिल्लाको डिलाशैनी गाउँपालिकामा पनी ७ ओटा वडा कार्यालयहरु रहेकोमा वडा नम्बर १ र ५ सगं आफ्नो भवन नभएको गाउँपालिका प्रबक्ता अक्कल रानाले जानकारी दिनुभयो । अन्य वडाहरु भने साबिकको गाबिस भवनहरुबाट सेवा दिईरहेको उहाले जानकारी दिनुभयो । वडा कार्यालयहरुसगं आफ्नै भवन नहुदा वार्षिक लाखौँ भाडा तिर्ने गरेका छन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.