बैतडी : तिन स्थानिय तहमा झुल बितरण हुने
बैतडी–माघ २१/ बैतडीमा बिभिन्न ३ स्थानिय तहका नागरिकहरुलाई कीटनाशकयुक्त झुल बितरण गरिने भएको छ । औँलोको जोखिममा रहेका स्थानियहरुलाई झुल बितरण हुने भएको हो । जिल्लाको पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र शिबनाथ गाउँपालिका गरी तिन स्थानिय तहका स्थानियहरुलाई झुल बितरण गरिने स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । उच्च जोखिममा रहेका वडाहरुका गर्भवती तथा सुत्केरी महिलाहरुलाई पहिलो चरणमा झुल बितरण हुने बताउदै स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले पञ्चेश्वर गाउपालिकाका लागि झुलहरु पठाइसकेको र मेलौली र शिवनाथ गाउपालिकामा पनि एक हप्ता भित्रै झुलकहरु पु¥याइने बताउनुभएको छ । सन् २०२५ भित्रमा नेपालबाट औँलो रोग निवारण गर्ने लक्ष्य रहेको छ ।