सुदूरपश्चिमेली नेपाली समाज दिल्ली राज्य समितिको अध्यक्षमा बैतडीका भट्ट

बैतडी -माघ- २०/ भारतमा रहेको सुदूरपश्चिमेली नेपाली समाज दिल्ली राज्य समितिको अध्यक्षमा बैतडी शम्भु भट्ट निर्वाचित भएका छन । बैतडीको दशरथचन्द नगरपालिका ८ डुङगरा घर भएका भट्ट भारतमा रहेको सुदूरपश्चिमेली नेपाली समाज दिल्ली राज्य समितिको अध्यक्षमा निर्वाचित भएका हुन ।

यस्तै उपाध्यक्षमा प्रसाद क्षेत्री, परमानन्द भट्ट र लोकेन्द्र रोकाया निर्वाचित भएका छन ।    त्यसैगरी सचिबमा गणेशदत्त भट्ट, सह–सचिबमा डिएन कपाडी, कोषाध्यक्षमा जयराज भट्ट, सह–कोषाध्यक्षमा चन्द्र साउद र महिला संयोजकमा दुर्गा कृती)साउद तथा सानु शाही निर्वाचित भएका छन्।

यस्तै राज्य समिति सदस्यहरुमा लोकेन्द्र बुढा, लालबहादुर साउद, महेश भट्ट, सुनिता आग्री, बलबहादुर रावत, रतन कुमार सिँह, अर्जुन रावत, मेघसिंह साउद, डबल रोकाया, चन्द्रदेव भट्ट, केडी भट्ट, पदमराज भट्ट, रविन्द्र प्रकाश भट्ट, राजेश भट्ट चयन भएका छन्।  निवर्तमान  अध्यक्ष  हर्क रावत सुदूरपश्चिमेली नेपाली समाज उत्तर भारत संयोजक भवानि भट्ट , केन्द्रीय कोशाध्यक्ष महादेव भट्ट  केन्द्रीय सल्लाहाकार नागेन्द्र प्रशाद जोशी तथा अन्य अन्तराष्ट्रीय समितिका प्रमुख प्रकाश नायकको उपस्थीतीमा भएको कार्यक्रमले नयाँ कार्यसमिति गठन गरेको बताइएको छ ।

यस्तै समाजको सल्लाहकार समितिमा रामजन थापा, वसन्त शिलाल, शंकर भट्ट र कैलाश ऐडी चयन भएका छन् । गठित समितिले सुदूरपश्चिम प्रदेश नं ७ घर भई हाल भारतको बिभिन्न सहरमा ब्यावसायिक, अध्यन,बसोवास, तथा रोजगारीको सिलसिलामा भारतमा रहेका सम्पूर्ण सुदूरपश्चिमेलीहरूको हक हित संरक्षण, संबर्धन आपसी मेलमिलाप, भाईचारा एकता सदभाव एवम् सामाजिक कार्यमा हातेमालो कला संस्कृति को संरक्षण र भेष भुषा परम्परा को जगेर्ना गर्ने सुदूरपश्चिमेली नेपाली समाज दिल्ली राज्य समिति सचिब गणेश दत्त भट्ट जानकरी दिुनभएको छ। राष्ट प्रतिको कर्तव्य र अधिकार सुदुरपश्चिम को बिकास निकास र नयाँ अवसर प्राप्ती गर्न कार्यसमितिले काम गर्ने उहाँको भनाई छ ।

सुदूरपश्चिमेली नेपाली समाज समाज सेवा र पीडीत नागरिकहरुको समस्या समाधान गर्न स्थापना गरिएकाले आफूहरु सो बमोजिम निस्वार्थ ढङगले कामगर्ने उहाँको भनाई छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.