कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को नतिजा प्रकाशित गरेकाे छ। नतिजा भर्खरै प्रकाशित भैसककेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

एनटीसी सिमबाट १६०० मा डायल गरेर नतिजा हेर्न सकिने छ।

यस्तै नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए।

बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो। थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.