बैतडीमा विद्यार्थी बिरामि भएपछि विव्यस अध्यक्षले गरे बचाऔं अभियान शुरू
बैतडी-माघ -१८ / बैतडीमा विद्यार्थी बिरामि भएपछि विव्यस अध्यक्षले बचाऔं अभियान शुरू गरेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका ३ स्थित कुलौन मावि खतेडीमा कक्षा १० मा अध्ययनरत विद्यार्थी दिनेश रावतको घरायसी आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि बचाऔं अभियान शुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
रावतको आन्द्राको अप्रेशन गरिएको र उपचारमा धेरै खर्च लाग्ने भएकाले यो अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।स्वास्थ्यमा एक्कासी समस्या आएपछि अहिले धनगढीको सिपी हस्पीटलमा उपचार भईरहेको छ ।
सोही अभियान अन्तर्गत दशरथचन्द नगरपालिकाले ३० हजार रुपैंया सहयोग गरेको अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो । रावतको उपचारमा सहयोग गर्नुहुने महानुभावहरुले बालिचन धार्मिक तथा सामाजिक क्षेत्र विकास कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर ४०५०१००१००१२६००१ मा जमा गर्नु सक्नुहुने कुलौन मावि खतेडीका विद्यालय व्यवस्थापन समितिका अध्यक्षले बताउनुभयाे ।