बैतडी : नुवाकोट चौसाल बृहत खानेपानी योजनाको निर्माण कार्य शुरु

बैतडी–माघ १८/  बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ४ मा नुवाकोट चौसाल बृहत खानेपानी योजना काम शुरु भएको छ । सुदुरपश्चिम प्रदेश सरकार, भौतिक पुर्बाधार बिकास मन्त्रालयको लागनीमा निर्माण हुने खानेपानी योजना निर्माणको काम शनिबारबाट शुरु भएको हो । एक घर एक धारा कार्यक्रम अन्र्तगत उक्त योजनाबाट नुवाकोट र चौसाल टोलका ८६ घरपरिबार लाभान्भीत हुने स्थानिय एबंम नेकपा डिलाशैनी गाउँकमिटि सदस्य पदम बहादुर बिष्टले जानकारी दिनुभएको छ ।

बहुबर्षीय योजना अन्र्तगत उक्त खानेपानी योजनाको लागी पहिलो चरणमा प्रदेश सरकारबाट १ करोड बजेट बिनियोजन भएको उहाँको भनाई छ । दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ छिना मुहानबाट झण्डै साढे ४ किलोमिटरको दुरी पार गरी गाउँमा पानी पुगाईने चौसाल बृहत खानेपानी उपभोक्ता समितिका अध्यक्ष बशन्त बहादुर बिष्टले बताउनुभयो । खानेपानी योजनाको काम सुरु भए पछि उक्त क्षेत्रका स्थानियहरु हर्षित भएका छन ।

प्रदेश सरकारको लगानीमा बृहत रुपमा योजना कार्यान्वयमा आए पछि खानेपानीको चरम समस्या झेल्दै आएका नागरिकहरुलाई सहज हुने अपेक्षा गरिएको छ । स्थानियहरु अहिले योजना निर्माणको काममा जुटेका छन । योजना सम्पन्न भए पश्चात प्रत्येक घरमा धाराहरु निर्माण हुने र खानेपानीको समस्या समाधान हुने आशा पलाएको नुवाकोटका स्थानिय भैरब बहादुर बिष्टले बताउनुभयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.