गाईले हान्दा बैतडीमा एक महिलाको मृत्यु
बैतडी -माघ- १७/ गाईले हान्दा बैतडीमा एक महिलाको मृत्यु भएको छ । आफ्नै पालेको गाइले हान्दा जिल्लाको दशरथचन्द नगरपालिका वडा नं १ कलौन चमलधारकी गोमती लुहारको मृत्यु भएको हो ।
शुक्रबार साँझ साँढे ५ बजेको समयमा गोठमा बाँधनेबेला गाईले हान्दा घाइते भएकी ५० वर्षिया लुहारको अस्पताल लैजाँदै गर्दा बाटाेमै मृत्यु भएको स्थानिय गजगदिश लुहारले जनाकारी दिनुभएको छ ।
मृतक लुहारका श्रीमान रोजगारिको शिलसिलामा भारतमा रहेका र उनको घरमा एक छोरा एक छोरी मात्रै रहेका बताइएको छ ।