शहिद दशरथचन्दको जन्मघर बस्कोटमा मनाईयो सहिद दिवस

बैतडी–माघ १६/  आज माघ १६ गते, शहिद दिवस बैतडीमा पनी बिभिन्न कार्यक्रम गरी मनाईएको छ । प्रत्येक बर्ष जस्तै शहिद दशरथचन्द स्मृति प्रतिष्ठानको आयोजनामा यो बर्ष पनी शहिद दशरथचन्दको जन्मघर दशरथचन्द नगरपालिका ५ बस्कोटमा दिवस मनाईएको हो । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्झनाका साथ श्रद्धाञ्जली सभाको आयोजना गरी दिवस मनाईएको सहिद दशरथचन्द स्मृति प्रतिष्ठानले जनाएको छ ।

No description available.

प्रतिष्ठानका अध्यक्ष बिनोद बहादुर चन्दको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख शिद्ध राज भट्टको प्रमुख आतिथ्यतामा दिवस मनाईएको हो । शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको भवन सुन्दरखालीबाट र्याली सहित जेष्ठ शहिद दशरथचन्दको जन्मघरमा पुगेर श्रद्धाञ्जली सभा गरिएको प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिनुभयो । कार्यक्रमका सहभागी सबैले शहीद दशरथचन्दको शालिकमा फूल माला सहित माल्यापर्ण गरेको उहाँले बताउनुभयो । शहीदको सम्मानमा नेपाल प्रहरीको टोलीले शहीद सलामी अर्पण गरेको छ । यस्तै सभामा ज्ञात अज्ञात शहीदहरुप्रति एक मिनेटको मौनधारण गरी श्रद्धासुमन अर्पण गरिएको छ ।

No description available.

गत बिगतका बर्षहरुमा बाजाँगाजाँ सहित सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिने भए पनि यो बर्ष कोरोना कहरका कारण सामान्य तरिकारले दिवस मनाईएको हो । कार्यक्रममा बोल्ने अधिकासं बक्ताहरुले शहिदहरुको सपना सकार पार्नका लागी सबैले उनीहरुले देखाएको बाटोमा हिड्न आबश्यक रहेको बताएका छन । कठोर र निरङ्कुश राणा शासनविरुद्ध क्रान्ति गर्ने वीर शहीद शुक्रराज जोशी शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई मृत्यदण्ड दिएपछि यिनै चार सहिदप्रति श्रद्धा सुमन व्यक्त गर्दै मुलुकभर शहीद दिवस मनाउने गरिएको छ ।

विसं १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई टेकू दोभानमा, १२ गते धर्मभक्त माथेमालाई सिफलमा, माघ १४ गते गङ्गालाल र दशरथलाई शोभा भगवती घोडेनागस्थित भचाखुसीमा मृत्युदण्ड दिइएको थियो। अमर शहिदहरुलेनेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहाँनिया राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवनको आहुती दिएका थिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.