बैतडी : पहिलो खोप स्वास्थ्य प्रमुख भट्टलाई लगाउदै कोरोना विरुद्धको खोप लगाउने कार्य शुरु

जनक साउद–बैतडी–माघ १४/ बुधबारबाट बैतडीमा पनी कोरोना भाईरस बिरुद्धको खोप लगाउन शुरु गरिएको छ । स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टलाई पहिलो खोप लगाएर बैतडीमा कोरोना भाईरस बिरुद्धको खोप लगाउन शुरु गरिएको हो । पहिलो चरणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाईकर्मी, महिला स्वास्थ्य स्वयंसेविका  लगायतका ब्यक्तिहरुलाई खोप लगाउने सरकारको निति अनुसार जिल्ला अस्पतालको खोप केन्द्रबाट खोप लगाउने कार्यको सुरुवात गरिएको बैतडीका कोभिड १९ सम्र्पक ब्यक्ति भुवन प्रसाद जोशीले जानकारी दिनुभएको छ ।

May be an image of one or more people and people standing

एक औपचारिक कार्यक्रम गरी कोभिड १९ बिरुद्धको कोभिसिल्ड खोपको सुरुवात गरिएको उहाँको भनाई छ । प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीको अध्यक्षता तथा सुदुरपश्चिम प्रदेश सभा सदस्य लीलाधर भट्टको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी खोप लगाउने कार्यको सुभारम्भ गरिएको हो । आज पहिलो दिन जिल्ला अस्पतालको खोप केन्द्रबाट स्वास्थ्य प्रमुख लगायत दशरथचन्द नगरपालिका भित्रका अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स चालक र सहचालक लगायतका ब्यक्ति गरी ७८ जनालाई कोरोना बिरुद्धको खोप लगाईएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

May be an image of Bhuwan Joshi and standing

यस्तै माघ १५ र १६ गते जिल्लाको पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका, सुर्नया गाउँपालिका, पाटन नगरपालिका र सिगास गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई खोप दिइनेछ । माघ १७ र १८ गते पुर्चौंडी नगरपालिका, दोगडाकेदार गाउँपालिकाका र डिलाशैनी गाउँपालिका स्वास्थ्यकर्मीहरुलाई खोप लगाइनेछ । पहिलो चरणमा बैतडी जिल्लाभरीमा १ हजार ९ सय बढी स्वास्थ्यकर्मी, सरसफाईकर्मी, सुरक्षाकर्मी लगायतका ब्यक्तिहरुलाई कोरोना बिरुद्धको खोप लागाउने योजना रहेको छ । पहिलो चरणको खोप अभियानका लागि संघिय सरकारले बैतडीमा २ हजार २ सय २० डोज खोप पठाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.