प्रचण्ड-नेपाल समूहको सुर्नयामा विरोधसभा, ५२जना नेकपामा प्रवेश

बैतडी- माघ -१२/ प्रतिनिधि सभा विघटन विरुद्ध नेकपा प्रचण्ड नेपाल समूहले बैतडीको सुर्नया गाउँपालिकामा विरोध सभा सम्पन्न गरेको छ ।असंवैधानिक कदम विरुद्ध नेकपा सुर्नया गाउँ कमिटि अध्यक्ष जगदीश कुवरको सभाध्यक्षतामा  साेमबार  सुर्नया ५ रौलेश्वरमा विरोध सभा सम्पन्न भएकाे नेकपा युवा नेता एवँ सुर्नया गाउँपालिका सचिवालय सदस्य केशव राज भट्टले जानकारी दिनुभएको छ । संसद विघटन संविधान बिपरित भएको भन्दै प्रचण्ड नेपाल समूहले असंवैधानिक कदम विरुद्ध विरोध सभा र प्रदर्शन गरिरहेको छ । संसद विघटनको विपक्षमा रहेको नेकपाको प्रचण्ड नेपाल समूहले १० ओटै स्थानीय तहमा विरोध सभा सम्पन्न गर्ने कार्यक्रम अन्तर्गत सोमबार विरोध सभा सुर्नयामा सम्पन्न गरेको जनाएको छ । विरोधसभामा बोल्दै प्रचण्ड नेपाल समूहका नेताहरुले प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेर संसद विघटन गरेको आरोप लगाएका छन । प्रधानमन्त्रीले जनमतको अपमान गरेकाले आफूहरु विरोधमा उत्रिएको उनिहरुको भनाइ थियो । विरोधसभा बोल्ने अधिकांश वक्ताहरुले प्रधानमन्त्री ओलीको आलोचना गर्दै प्रधानमन्त्रीले असंवैधानिक तरीकाले संसद विघटन गरेको आरोप लगाएका हुन । आफुहरु गलत विरुद्ध प्रदर्शन गरिहेका बताउँदै प्रचण्ड नेपाल समूहले भ्रममा नपरि सही गलतको मुल्याङकन गरि साथ दिन  जनताहरूलाइ आग्रह गरेको छ । कार्यक्रममा नेकपा जिल्ला ईन्चार्ज नरेन्द्र कुवर ,विजयसुन्दर , प्रदेश सभा सदस्य प्रेम प्रकाश भट्ट  आदित्य प्रदेश कमिटि सदस्य प्रमानन्द भट्ट , प्रदेश कमिटि सदस्य नरेन्द्र विष्ट, महिला नेतृ स्वयता  भट्ट , नेता महादेव भट्ट , युवा सघँका जिल्ला अध्यक्ष कमल बोहरा लगायत प्रचण्ड नेपाल समूहका नेता तथा कार्यार्ताहरुको सहभागिता रहेको थियो । यस्तै विरोध सभा कार्यक्रममा विभिन्न पार्टि परित्याग गरि ५२ जनाले नेकपा प्रचण्ड नेपाल समूहमा प्रवेश गरेको बताइएको छ । प्रतिगमन विरुद्ध सुर्नया गाउँपालिकामा गरिएको विरोध सभामा नेपाल राष्ट्रीय प्रजातन्त्र र नेपाली काँग्रेस पार्टि परित्याग गरि  ५२ जनाले पार्टी प्रवेश गरेका नेकपा सुर्नया गाउँपालिका सचिवालय सदस्य केशव राज भट्टले बताउनुभएकाे  छ  । प्रचण्ड नेपाल समूहले अहिले प्रतिनिधि सभा विघटन विरुद्ध देशव्यापी प्रदर्शन गरिहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.