नेता कार्यकर्ता भेटघाट र छलफलमा, संसद विघटनले आमजनता अलमलमा

बैतडी- माघ १२/ संसद विघटन भएपछि बैतडीको गाउँ गाउँ र टोल टोलमा दलगत भेलाको आयोजाना हुन थालेको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतीले प्रतिनिधि सभा विघटन गरेर बैशाख १७ र ७ गते मध्यावधि निर्वाचनको घोषणा गरेपछि जिल्लाको हरेक स्थानहरुमा दलगत भेलाको आयोजना हुन थालेको हो ।

आक्लझुक्ल मात्रै जनताको समिपमा देखिने राजनितिक दलका नेता कार्यकर्ताहरु अहिले जनताजर्नादन भन्दै गाउँ गाउँ टोलमा भेला आयोजना गर्न थालेका हुन । अहिले सबैभन्दा शक्तीशाली मानिएको नेपाल कम्युनिष्ट पार्टि नेकपा फुटेर दुइ खेमामा विभाजन भएको छ । आन्तरिक कलहले सत्तारुढ पार्टि नेकपा चिरिएपछि जनता माझ पुगन थालेका नेता तथा कार्याकर्ताहरु अहिले आर्कषक बात मारेर फेरि जलमलको प्रयास गरिरहेका हुन ।

जनादेशको पूर्ण पालना नगरि फेरी चुनावी चाकरिको प्रवृत्ति झल्कीने खालले नेता कार्यकर्ता जनतामाथि जलमल गर्न जुट्न थालेपछि आम सर्वसाधारण अलमलमा परेका छन । जिल्लाका दशवटै स्थानियतहहरुमा भइरहेको केपी वली सर्मथित र प्रचण्ड नेपाल सर्मथित नेता कार्यकर्ताहरुको भेटघाट कार्यक्रमले बैतडीका ग्रामिण भेगका जनताहरु आत्तीएका छन ।

कुनै दिन केपी वली समूहका नेता तथा कार्यकर्तार र कुनै दिन माधप नेपाल समूहका नेता कार्यकर्ता आम भेलाको आयोजना गेर शक्ती प्रदर्शन गर्नथालेपछि देशमा संकटकाल निम्त्तीने त होइन भन्ने आसँका बढेको कतिपय सर्वसाधारणहरुको भनाई छ ।

संसद विघटन अंसबैधानिक भएको भन्दै प्रचण्ड नेपाल समूह विरोध सभा गरेर शक्ती प्रर्दशन गरिरहेको छ भने काम गर्ने वातावरण नमिलेपछि प्रधानमन्त्रीले यस्तो मार्ग रोजेको अभिव्यक्ती दिदै केपी वली समुहले प्रधानमन्त्रीले जनहितमा काम गरेको भन्दै बृहत आम सभाको आयोजना गरेर शक्ती प्रदर्शन गरिरहेको हो ।

जनता समक्ष गएर वली समूहका नेता कार्यकर्ताहरुले भ्रममा नपरनुहोस हामि आधाकारि हौँ भन्ने गरेका छन भने प्रचण्ड नेपाल समूहका कार्यकर्ताहरुले केपी वली नभइ प्रचण्ड नेपाल समूहनै आधिकारिक भन्ने गरे पछि अझ जनता अलमलमा परेका हुन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.