बैतडीको पाटन नगरपालिकाद्धारा हाते ट्रयाक्टर बितरण

बैतडी–माघ ११/  बैतडीको पाटन नगरपालिकाले किसानहरुलाई हाते ट्रयाक्टर बितरण गरेको छ । नगरपालिकाको चालु आर्थिक बर्षको स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा किसानहरुलाई हाते ट्रयाक्टर बितरण गरिएको हो । कृषि क्षेत्रमा आधुनिकीकरण गर्ने उदेश्य सहित नगरपालिका भित्रका बिभिन्न कृषक समुह, कृषि सहकारी, प्राईभेट फर्म र ब्यक्तिगत रुपमा गरी ३५ ओटा ट्रयाक्टर बितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख महेश अबस्थीले जानकारी दिनुभएको छ ।

कृषि कार्य गर्नका लागी पराम्परागत प्रणालीलाई बिस्थापित गरि किसानहरुलाई काम गर्न छिटो छरितो र सहज होस भन्दै नगरपालिकाले ट्रयाक्टर बितरण गरेको हो । पछिल्लो समयमा आधुनिक कृषि यन्त्र तर्फ किसानहरुको आर्कषण बढ्दै गएको अबस्थामा नगरपालिकाले बिशेष अनुदानमा ट्रयाक्टर बितरण गरेपछि किसानहरु हर्षित भएका छन । आईतबार एक कार्यक्रमको आयोजना गरी किसानहरुलाई ट्रयाक्टर बितरण गरिएको उहाँको भनाई छ ।

बितरण कार्यक्रममा नगरपालिकाका प्रमुख केशब बहादुर चन्द, नगर प्रबक्ता लोकेन्द्र भण्डारी, वडा नम्बर १० का वडाध्यक्ष देबेन्द्र कुवर, आर्थिक बिकास समिति संयोजक एबंम वडा नम्बर ४ का वडाध्यक्ष दीपेन्द्र बिष्ट र कृषि शाखा प्रमुख अबस्थी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.