बालअधिकार चेतना समूहको आयोजनामा वक्तीत्वकला सम्पन्न

बैतडी माघ -९ गते /बैतडीको देहिमाडौँमा वक्तीत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बालअधिकार चेतना समूहको आयोजना र अनौपचारिक क्षेत्र सेवा  केन्द्र इन्सेकको सहयोग तथा समुन्वयमा वक्तीत्वकला प्रतियोगिता सम्पन्न भएको हो । बालबालिकाको प्रतिभा प्रस्फुटन गर्दै अधिकारका बारेमा उनिहरुलाई सचेत गराउने उदेश्यले नेपालमा बाल अधिकारको अवस्था नामक शिर्षकमा वक्तीत्वकला प्रतियोगिता गरिएको दनपा नगरस्तीयर मानवअधिकार समूहका सह सचिब निरु टेरले जानकारी दिुनभएको छ । दशरथचन्द नगरपालिका वडा नं २ को निङगलाशैनी मावि देहिमाडौँको प्राङगणमा भएको वक्तीत्वकला प्रतियोगिता कार्यक्रममा प्रथम दिनेश बोहरा द्धीतिय साबित्री र तृतिय सिर्जन बोहरा भएका उहाँले बताउनुभयो । वक्तीत्वकला प्रतियोगितामा ८ जना बालबालीकाको सहभािगता रहेकोमा उत्कृष्ट तिन जना सहित ८जनालाई शैक्षीक सामग्री दिइएको सहसचिब टेरले बताउनुभयो । विद्यालयस्तीयर गरिने यस्ता कार्यक्रमहरुले उनिहरुको सर्वाङगणीय विकास हुने अपेक्षा गरिएको अनाैपचारिक क्षेत्र सेवा  केन्द्र इन्सेकका जिल्ला सहजकर्ता निशा भट्टले बताउनुभएको छ । अनाैपचारिक क्षेत्र सेवा  केन्द्र इन्सेकले शिक्षा स्वास्थ्य खाद्य र आवासका क्षेत्रमा काम गर्दै आएको र अगामि दिनमा पनि यस्ता कार्यक्रम गरिने उहाँले बताउनुभयो । बालअधिकार चेतना समूहका अध्यक्ष दिवाकर भट्टको सभाअध्यक्षता तथा निङगलाशैनी माविका प्रधानाध्यापक प्रेम सिहँ बोहराको प्रमुख आथित्यतामा सम्पन्न वक्तीत्वकला प्रतियोगितामा बालबालिकाहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.