डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ जना घाइते
धनगढी: मंगलबार डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्लाको अमरगढी नगरपालिका–२ कैलपालमाण्डौंमा ट्याक्टर दुर्घटना हुँदा सोही वडाको कुस्मालीका गणेश बहादुर ऐरको मृत्यु भएको हो।
दुर्घटनामा परि ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
उनीहरुको उद्वार गरि डडेल्धुरा अस्पताल पुगाइएको प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए।
घाइतेहरुको परिचय नखुलेको प्रहरीले जनाएको छ।
से१त ३८१३ नम्बरको ट्याक्टर कच्ची सडकबाट केही तल खसेको प्रत्यक्षदर्शीले बताएका छन्।दिनेशखबरबाट